कोरोना भाईरस नेपालमा चरम सिमामा पुगेको छ । कोरोना भाईरस संगै नेपालको अधिकांस क्षेत्रहरु बन्द भएका छन् । नेपालको शैक्षिक क्षेत्रमा कोरोना भाईरसले धेरै नै क्षेती पुगेको छ । शैक्षिक क्षेत्रको फलामे गेट मानिने एस.इ.इ. परिक्षामा समेत यसको ठुलो प्रवाह परेको छ ।
नेपाल सरकारले हरेक वर्ष कक्षा १०, ११ र १२ को परिक्षा चैत्र र वैशाख महिना भित्र सम्पन्न गर्दै आएको थियो । तर यस वर्ष भने कोरोना भाईरसको कारणले गर्दा २ महिना विति सकेको छ । विद्यार्थीहरुमा यसको ठुलो असर पुगेको देखिन्छ । कोरोना भाईरसले गर्दा परिक्षा त रोकियो तर लकडाउन खुले पछि परिक्षा कसरी दिने भन्नेमा विद्यार्थीहरु अन्योलमा परेका छन् । निजी विद्यालयहरुले त अनलाइन कक्षा सञ्चालन गरेको छ तेसले केही टेवा पुग्ला तर सामुदायीक विद्यालयमा भने अनलाईन सेवाको पहुच छैन । सामुदायीक विद्यालयका विद्यार्थीहरु भन्छन् हामीले १० वर्ष मेहेनत गरेर पढेका छै तर अहिले हामीले पढेको भुल्न थाली सकेका छौ ।
सामुदायिक तथा निजी विद्यालयहरुमा लकडाउनले गर्दा ठुलो प्रवाह परेको छ । निजी विद्यालयहरुले दिन प्रति दिन विद्यालय खोल्न माग गर्दै आएका छन्, तर नेपाल सरकारले कोरोना संक्रिमित रख्नको लागी क्वारेन्टाइन बनाएको अधिकांस सामुदायीक विद्यालयहरु नै हो । लकडाउन खुले पछि सामुदायक विद्यालयहरुमा अर्काे समस्या देखा पर्ने भएको छ । सामुदायिक विद्यालयमा पठन पाठन गराउनको लागी अविभाबकहरुमा त्रासको सृजना हुने देखिएको छ । सरकारले क्वारेन्टाईन बनाएको विद्यालयमा हाम्रा छोरा छोरी कसरी पढाउने विद्यालयमा भाईरस त बाँकि छैन भन्ने प्रश्नको सृजना संगै शैक्षिक क्षेत्रमा यसले ठुलो प्रवाह पर्ने देखिएको छ ।
विद्यालय बन्द भए पछि कक्षा १०, ११ र १२ का विद्यार्थीहरुमा नकारात्मक असर परेको देखिन्छ । अलि जान्ने विद्यार्थीहरु सोच्छन कतै मेरो परीक्षा बिग्रने त होईन भन्दै त कोहि हाम्रो पढाइत राम्रो थेन कतै हामी नराम्रो ग्रेड त आउदैन भनेर विद्यार्थीहरुमा मनो जिज्ञासा तथा तनाब बढ्न थालेको देखिन्छ ।