काठमाडौँ-   मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत “नभन मेरो भाग्य “को बुधबार राजधानीमा बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले  एक कार्यक्रमको बिच  सो गीतको बिमोचन गर्नु भएको हो ।
 
मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा  सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप-मेयर हरि प्रभा खड्गि श्रेष्ठ , अभिनेता सरोज खनाल लगायत अतिथिका रूपमा उपस्थित रहेको थियो  ।
कार्यक्रममा प्रमुख अतिथि  परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्व जन्मको पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक  अनपेक्षित घटना भएको र यो समस्यालाई हामी सबै मिलेर समाधान गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले  सरकार ले मस्तिष्क पक्षघात पीडि का लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो  ।
कार्यक्रममा अभिनेता सरोज खनाल  सन्देशमुलक गीतमा अभिनय गर्न पाएको मा खुशी व्यक्त गर्दै सस्था को उन्नति तथा प्रगतिको कामना गर्नुभयो  ।
 
काठमाडौं महानगरपालिकाका उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय  निकायको अधिकारले भ्याएसम्म  मस्तिष्क पक्षघात पीडित लाई सहयोग गर्ने बताउनुभयो  ।
त्यसैगरी गायक शिव परियारले सस्था लाई नगद रू १०००१ सहयोग गर्नुभयो  भने  समाजसेवी  नरेन्द्र बहादुर श्रेष्ठले नगद रु २१००० सहयोग गर्नुभएको थियो  ।  सस्थाका अध्यक्ष उर्मिला श्रेष्ठले सबै को सहयोग को अपेक्षा गर्दै सबै सङ्ग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडितको लागि सदा नि:स्वार्थ भावनाले काम गर्ने बताउनुभयो  ।
गायक शिव परियारको स्वर तथा नरेश कुमार प्रधान को शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतमा अभिनेता सरोज खनाल , सुर्यमाला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश  लामाले अभिनय गरेका छन।
 
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्  । बुद्ध थापाले छायांकन गरेको यस  गीतलाई  बिकाश धमलाले सम्पादन गरेका हुन् ।
गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस्   “नभन मेरो भाग्य ” गीतको भिडियो