कैलाशधाम निमार्णका लागि श्रावण १ गतेदेखि पाशुपत क्षेत्रमा जारी श्री पशुपतिनाथ धार्मिक महा महोत्सव–२०८३ भव्य बन्दै गएको छ । दैनिक रुपमा चर्चित कथा वाचकको उपस्थिति र बेजोड सांस्कृतिक प्रस्तुतीले दैनिक भक्तजनहरुको उपस्थिति बढ्दै गएको हो ।
अहिले भक्तजनहरुको बाक्लो उपस्थिति भैरहेको छ । उपस्थिति र दान गर्नेहरु बढ्दै गएको आयोजकले बताए । यहि श्रावण १ गतेदेखि ३१ गतेसम्म पाशुपत क्षेत्रमा नेपालमा मै कैलाश धाम निर्माणको संकल्प सहित संचालन भैरहेको श्री पशुपतिनाथ धार्मिक महा महोत्सव २०८३ साथै शिवनाम सकिर्तन तथा आध्यात्मिक प्रवचन कार्यक्रममा भण्डारी गुठी, पशुपतिनाथ मन्दिर परिसरमा भैरहेकोले उपस्थित हुन आयोजक संस्था राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले सबैमा आमन्त्रण गर्नु भएको छ । कैलास धाम निमार्णमा यहाँहरु जहाँ जहाँ हुनुहुन्छ त्यही त्यहीबाट पनि क्यूआर कोड मार्फत वा बैंक खाताबाट पनि सकेको आर्थिक सहयोग गर्न सक्नुहुने संकल्पकर्ता राजानन्द माण्डब्यको भनाई छ । श्रदालु भक्तजनहरु श्रीपशुपतिनाथको दर्शन गरि यही कार्यक्रमस्थलमा आएर गुरुहरुको अमृतवाण्ी ग्रहण गरेर नाचगानका साथ आनन्द मनले प्रत्यक्ष सहभागी भएर पनि सहयोग गर्न सक्नुहुनेछ । साथै श्रावण महिनाको २७ गते देखि ३१ गते सम्म हरेक दिन अनुष्ठान, रुद्राभिषेक तथा हवन हुनेछ भने ३० गतेका दिन वराह जयन्तीमा विषेश कार्यक्रमका साथ सवा करोड दिप प्रज्वलन हुने कार्यक्रम रहेको छ भने भाद्र १ गते सोमबारका दिन पूर्णाहुति तथा यज्ञ गरेर पशुपतिनाथ धार्मिक महामहोत्सव कार्यक्रमको समापन गरिने संकल्पकर्ता राजानन्द माण्डब्य बताउनु भयो ।
हरेक दिन बिहान ७ बजे देखि साँझ ७ बजे सम्म कार्यक्रम भैरहेको छ । भगवान शिवको प्रिय महिना श्रावणको अवसरमा श्री पशुपतिनाथको पवित्र प्राङ्गणमा पुगी श्रावण महिना भरि पशुपतिनाथको दर्शन, गङ्गाजल अभिषेक र आत्मिक शान्तिको लाभ लिन आयोजकले भक्तजनलाई आग्रह समेत गरेका छन । धर्म जागरणको यो विशेष उत्सवको ंकल्पकर्ता आध्यात्मक प्रवाचक÷अध्येता राजानन्द माण्डव्य हुनुहुन्छ । उहाँ राष्ट्रिय पोशाक तथा टोपी दिवस राष्ट्रिय झण्डा दिवस र राष्ट्रिय विभूती संरक्षण अभियान्ता हुनुहुन्छ ।