कर्म अनुसार आ आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाडौँमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका पचास व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गर्याे ।
संस्थाका अध्यक्ष गोपाल ढकाल (छन्दे)को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि, विशेष अतिथिहरुमा प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम के.सी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेल लगायत रहेका थिए । कार्यक्रममा यसै बर्षदेखि शुरु गरिएको दिर्घ साधना सम्मान पुरस्कार नगद रु ३३,३३३ (तेत्तीस हजार तिनसय तेत्तीस रुपैयाँ) निरन्तर कलाकारितामा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरियो । विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा सम्मानित हुनुहुनेहरुमा समाचारवाचिका कल्याणी रिमाल, विशिष्ट चलचित्रकर्मी सुभाष प्रसाद गजुरेल, श्याम राई, विश्व साइकालयात्री पुष्कर शाह, वरिष्ठ नेत्ररोग विशेषज्ञ, प्रा.डा.मिनु चौधरी, विशिष्ट चलचित्रकर्मी बद्री प्रसाद पुडासैनी, नरेन्द्र थापा, आरपी पन्त, कमलकान्त मैनाली, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, विशिष्ट चलचित्रकर्मी सुशील पोखरेल, एन.बी महर्जन, कृष्ण प्रसाद ढुङ्गाना, विजय देउजा, मुकुन्द थापा, साहित्यकार राधा पराजुली भण्डारी, विशिष्ट चलचित्रकर्मी उमेश खड्का, होटल सञ्चालन निर्देशक दिपेन्द्र सिंह, समाजसेवी छवि घिमिरे, विशिष्ट शिक्षाविद् रमिला सुबेदी, वरिष्ठ पत्रकार शान्तिप्रिय, विशिष्ट चलचित्रकमी राजेन्द्र के.सी, विशिष्ट चलचित्रकर्मी धिरेन शाक्य, विशिष्ट चलचित्रकर्मी, किशोर घिमिरे, बरिष्ठ पत्रकार श्याम स्मृत, विशिष्ट सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, दिर्घ साधनाबाट नगद सहित सम्मानित विशिष्ट चलचित्रकमी शिवहरी नेपाल (बैरागी), वरिष्ठ समाजसेवी विश्वराम माकजु, कृषि अभियन्ता हेमकान्त पराजुली, विशिष्ट चलचित्रकर्मी शिवशंकर प्रसाद रिजाल (जोगिन्दर), गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, समाजसेवी उद्धब प्रसाद पाण्डे, गायक गणेश थापा, अभिनेता शिबन पोखरेल, अटो व्यवसायी रोशनकुमार श्रेष्ठ, छायाँकार अमृत सागर, बरिस्ठ नाटयकर्मी जेबी डिसी, नायिका मोनिका दाहाल, विशिष्ट भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामा, कलाकार विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ रानालगायत रहेका छन् ।








