आफ्ना शिक्षक र स्टाफहरुलाई समयानुकुल दक्ष बनाउन र गुणस्तरीय र जीवन उपयोगी शिक्षा बिद्यार्थीहरुमाझ पस्किन प्रशिक्षणको महत्वपुर्ण भूमिका रहन्छ। सोही अनुरुप बनेपा–१०, रेशम मार्गमा रहेको न्यू मोडेल एकेडेमीले जेष्ठ १७ गते आइतबार सबै शिक्षक(स्टाफहरुलाई अध्ययन अध्यापन कार्यमा पुनर्ताजगीको लागि शैक्षणिक बिधि सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक पुर्व जिल्ला शिक्षा अधिकारी तथा पूर्व बागमती प्रदेश सचिव डा. चन्द्र प्रसाद लुइँटेलले प्रशिक्षण दिनुभएको थियो। उक्त महत्त्वपूर्ण प्रशिक्षण पाएर शिक्षकहरुमा अझ उर्जा थपिएको महसुस सबै शिक्षकहरुले गर्नुभएको थियो। बिद्यालयका प्रिन्सिपल ईश्वर के।सीले हरेक आइतबार राष्ट्रिय स्तरका प्रशिक्षकहरु आमन्त्रित गरेर शिक्षकहरुलाई प्रशिक्षण दिई उहाँहरुमा अझ उर्जा तथा आत्मविश्वास जगाई बिद्यालयको अध्ययन अध्यापनलाई जीवन उपयोगी बनाई गुणस्तरीयतालाई कायम राख्ने प्रतिबद्धता जनाउनुभयो।








