बनेपा–१०, रेशम मार्गमा रहेको न्यू मोडेल एकेडेमीले नयाँ बिद्यार्थीहरुको लागि स्वागत कार्यक्रम आयोजना गरेको छ। एन. एम.ए.बाल क्लबको आयोजनामा गरिएको कार्यक्रम बाल क्लबको सचिव बिद्यार्थी मन्जिता रोका मगरले संचालन गरेकी थिइन भने कार्यक्रमको सभापतित्व क्लबको संरक्षक शिक्षक पबित्रा देवी ओझाले गर्नुभएको थियो ।
कार्यक्रममा एम.डी. सुर्य प्रसाद पौडेल, प्रिन्सिपल ईश्वर के.सी., भाइस प्रिन्सिपल हरि भण्डारी तथा शिक्षकहरुको उपस्थिती थियो। कार्यक्रममा कक्षा प्ले ग्रुप देखि ९ सम्मका करिव ११० जना नयाँ बिद्यार्थीलाई क्लबको अध्यक्ष बिद्यार्थी सेलिना राउतले टीका, संरक्षक शिक्षक पवित्रा देवी ओझाले खादा तथा शिक्षक गीता थापा , दिपा श्रेष्ठ , कल्पना तितजु, सुनिता कार्कीले उपहार प्रदान गर्नुभएको थियो। कार्यक्रममा प्रिन्सिपल ईश्वर केसीले बाल क्लबलाई सक्रिय बनाइराख्नाले बिद्यार्थीहरुको मनोबल अझ उच्च रहने र अध्ययनमा अझ रुचि बढ्ने भन्दै सबै बिद्यार्थीहरुलाई हरेक क्षेत्रमा सहभागी गराइराख्न बिद्यालय सधै तत्पर रहने बताउनु भयो। कार्यक्रममा स्वागत मन्तब्य अध्यक्ष सेलिना राउत तथा समापन मन्तब्य संरक्षक पवित्रा देवी ओझाले गर्नुभएको थियो।