फागुन २१ गतेको निर्वाचनको मिति नजिकिदै गर्दा एमाले काभ्रेका उम्मेदवारहरु क्षेत्र नम्वर १ का अमित लामा, क्षेत्र नम्वर २ का अशोक ब्याञ्जु, समानुपातिक उम्मेदवार इन्द्र तामाङ, सुमित्रा भोक्षिभोया र भक्तकुमारी लामा जनताको घरदैलोमा पुगि रहेका छन ।
डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्वको प्रतिबद्धतासहित प्रतिनिधिसभा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमित लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन । खानीखोलाको बिभिन्न क्षेत्रमा पुगेर उनले आफू कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् । ‘म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको, यही समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ’, उनले भने।
उनले डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेको सम्भावनालाई पनि राम्ररी चिनेको भन्दै समस्याको समाधानका लागि योजनाबद्ध विकास मार्फत परिवर्तन गर्न आफु लागि पर्ने बताएका छन ।
यसैगरी क्षेत्र नम्वर २ का उम्मेदवार अशोक ब्याञ्जुलगायत पनि बनेपा र धुलिखेलका बिधिन्न क्षेत्रका मतदाताकोमा पुगेर आफ्ना योजनाहरु सुनाई रहेका छन ।






