बनेपा, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् । तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या एक लाख ५९ हजार ११० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकबाट दुई मतदाताले अन्यमा नाम लेखाएका छन् ।
जिल्लामा दुई वटा निर्वाचन क्षेत्र र १३ वटा पालिका पालिका रहेका छन । पालिकागत रुपमा धुलिखेल नगरपालिकामा २७ हजार ९१५ मतदाता रहेका छन् । यहाँ पुरुषको संख्या १३ हजार ९५२ र महिलाको संख्या १३ हजार ९६३ रहेको छ । धुलिखेलमा १८ वटा मतदानस्थलमा ३४ केन्द्र रहेका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकामा २७ हजार ६७५ मतदाता रहेकोमा १४ हजार २८२ पुरुष र १३ हजार ३९३ महिला मतदाता रहेका छन् । यहाँ १६ मतदानस्थलमा ३३ केन्द्र रहेको कार्यालयको तथ्यांक छ ।
पनौतीमा ४० हजार ७१० मतदाता रहेकोमा पुरुषको संख्या २० हजार २१० र महिलाको संख्या २० हजार ५०० रहेको छ । यहाँ २० वटा मतदानस्थलमा ४६ वटा मतदान केन्द्र रहेका छन् । पाँचखालमा ३२ हजार ४०७ मतदाता छन् । यहाँ १६ हजार ४५० पुरुष र १५ हजार ९५७ महिला मतदाता रहेका छन् भने यहाँ मतदानस्थलको संख्या १८ र मतदान केन्द्रको संख्या ३८ रहेको छ ।
बनेपामा ४० हजार ९१० मतदाता रहेका छन् । यहाँ पुरुषको संख्या २० हजार १३५ र महिलाको संख्या २० हजार ७७५ छ । यस पालिकामा कूल २४ वटा मतदानस्थल र ५३ मतदान केन्द्र रहेका छन् । मण्डनदेउपुरमा ३० हजार ४९४ मतदाता रहेका छन् । यस पालिकामा पुरुषको संख्या १५ हजार ७८९ र महिलाको संख्या १४ हजार ७०५ तथा मतदानस्थल १६ र ३६ वटा केन्द्र रहेका छन् ।
बेथानचोक गाउँपालिकामा १५ हजार ३३५ मतदाता छन् । यहाँ ७ हजार ७१२ पुरुष र ७ हजार ६२३ महिला तथा ९ मतदानस्थलमा १९ केन्द्र रहेको आयोगले जनाएको छ । खानीखोलामा ५ हजार ६१८ पुरुष, ४ हजार ९९१ महिला र एक जना अन्य गरि कूल १० हजार ६१० जना मतदाता रहेका छन् । यहाँ मतदानस्थल १० र मतदान केन्द्र १६ वटा रहेका छन् । चौंरीदेउराली गाउँपालिकामा पुरुष मतदाताको संख्या ११ हजार ८८८ र महिलाको संख्या १० हजार ३९० गरि २२ हजार २७८ संख्या रहेको छ । यहाँ ११ मतदानस्थलमा २६ वटा केन्द्र रहेका छन् । तेमाल गाउँपालिकामा १२ हजार ११९ पुरुष र १० हजार ७८६ महिला गरि २२ हजार ९०५ मतदाता रहेका छन् । यस पालिकामा १२ मतदानस्थल र २८ केन्द्र रहेका छन् । भुम्लुमा १८ हजार १५६ कूल मतदाता छन् । यहाँ ९ हजार ६२३ पुरुष र ८ हजार ५३२ महिलाको संख्या रहेको छ । यहाँ एक जना अन्य मतदाता रहेका छन् । यस पालिकामा १३ मतदानस्थल तथा २४ मतदान केन्द्र रहेका छन् ।
महाभारतमा जम्मा १२ हजार ९२५ मतदाता रहेका छन् । यहाँ ६ हजार ८७४ पुरुष, ६ हजार ५१ महिलाको संख्या छ । महाभारतमा ८ वटा मतदानस्थल तथा १६ वटा मतदान केन्द्र रहेका छन् । रोशी गाउँपालिकामा २४ हजार २९१ कूल मतदाता रहेकोमा पुरुषको संख्या १२ हजार ८४७ र महिला ११ हजार ४४४ जना रहेका छन् । यहाँ मतदानस्थलको संख्या १४ छ भने ३१ वटा केन्द्र रहेको कार्यालयले जनाएको छ । यसरी जिल्लामा जम्मा १८९ वटा मतदानस्थल तथा ४०० वटा मतदान केन्द्र रहेका छन् ।









