बनेपा, फागुन २१ गतेको निर्वाचनको लागि उमेदवारी दर्ता भएर चुनाव चिन्ह बितरण पछि देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यहि क्रममा काभ्रेमा पनि चुनावी दल, तिनका उमेदवार र स्वतन्त्र उमेदवार सबैले प्रचारको गतिविधि बढाउन शुरु गरेका छन ।
दलहरु कार्यक्रम तालिका बनाएरै पहिलो चरण मतदाता भेट्न शुरु गरेका छन । एमाले काभ्रेमा भने नयाँ उमेदवार आउदा उत्साह थपेको कार्यकर्ताले बताएका छन । काभ्रेको निर्वाचन क्षेत्र नम्वर १ मा १५ दल र ३ स्वतन्त्र ३ गरी १८ जना प्रतिस्पर्धामा छन् भने निर्वाचन क्षेत्र नम्वर २ मा १६ दल, ८ स्वतन्त्र गरी २४ को उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा अन्य समुहबाट एक जना प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली काँग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् । मंगोलनेशनल अर्गनाईजेशनका तर्फबाट कमलबहादुर लामा, समाबेसी समाजबादी पार्टीबाट विनोद लामा (अन्य) ले उम्मेदवारी दर्ता गराएका छन् । जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समुहबाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली काँग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट उमेश तामाङ, जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्घामा रहेका छन ।









