आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ काभ्रेमा २ हजार २ सय ६९ जना निर्वाचन प्रहरीका लागि भर्ना खुलेको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आव्हान गरेको हो ।
पुस २५ गतेदेखि माघ १ गतेसम्म विहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजे सम्म सार्वजनिक बिदाको दिन समेत आवेदन दिन सकिने निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा.पाँचखालबाट प्राप्त गर्न सकिन्छ । यस्तै दरखास्त फाराम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको वेवसाईटबाट डाउनलोड गरेर समेत भर्न सकिन्छ ।







