बनेपा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका छन ।
जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार जिल्लामा हाल तीन लाख २६ हजार ६११ जना मतदाता कायम भएका छन । तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई जना मतदाता रहेका छन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख ६१ हजार १०० मतदाता रहेका छन्, जसमा ८३ हजार ७७३ पुरुष, ७७ हजार ३२६ महिला र अन्य एक मतदाता छन ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन । यस क्षेत्रमा ८३ हजार ७२६ पुरुष, ८१ हजार ७८४ महिला र अन्य एक मतदाता समावेश छन । आगामी निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा भने १९० मतदान स्थल र ३८९ मतदान केन्द्र कायम थिए ।







