बनेपा, काभ्रे उद्योग बाणिज्य संघको ५९ औ स्थापना दिवस तथा ४३ औं बार्षिक साधारण सभा हिजो आईतबार बनेपामा सम्पन्न भएको छ ।
सघंका अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष प्रताप बैद्यले भएका लगानीको सुरक्षा, ब्यवसायीक वातावरण, उद्योगमैत्री नीति, विकास निर्माण तथा नागरिकहरुले खोजेको रोजगारमा नीजि क्षेत्रको लगानी लगायतका विषयमा धारणा राखेका थिए । महासचिव रजित पलाञ्चोकेले संचालन गरेको कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण बैद्य तथा ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पाँचखालका नगर प्रमुख महेश खरेल, उपप्रमुख विमला सापकोटालगायत विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, उद्योगी ब्यवसायीको आतिथ्यता रहेको थियो ।