काठमाडौं, १ लाख ५० हजार जनाभन्दा बढी नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि आयोगले कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ ।
जसअनुसार असोज १० पछि शुक्रबार सम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको जनाईको छ । त्यसपछि १५ हजार भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । तीमध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् । अन्य दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ । अन्य १८ जना पुगेका छन ।








