‘मिसेस नेपाल वल्र्ड २०२५’ को अन्तिम स्पर्धामा चयन हुन सफल ३० जना महिलाको नाम सार्वजनिक गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टले काठमाडौँमा शुक्रवार विशेष कार्यक्रम आयोजना गरेर उनीहरुलाई परिचय गराएको हो । सो समारोहमा ३० जना प्रतियोगीलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ । अडिसनमार्फत देशका विभिन्न भागका महिलाहरू छनोट भई अन्तिम प्रतिस्पर्धामा पुगेका हुन । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिलाहरू प्रतिस्पर्धामा रहेका छन् ।
यो संस्करणमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, सिन्धुलीकी रञ्जना बुढाथोकी, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलीना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, ईटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट बिष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र बिष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन ।
कार्यक्रममा विभिन्न गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काप्mलेले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्नेछन् । सहायक कोरियोग्राफर आईना गजुरेल हुनेछन ्। समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् भने प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका विज्ञहरूको सहभागिता रहेको छ । मिसेस नेपाल वल्र्ड २०२५ को विजेताले अमेरिकामा आयोजना हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन ।








