काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा २०८२ भदाै १५ गते “लालच” विषयमा केन्द्रित भई टुक्का कविता लेख्दै श्रृङ्खला १८३ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानबाट ६१ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रम सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी भएर “लालच” विषयमा केन्द्रित भई टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

१)____[ टुक्का कविता ]____

अरूकाे सफलता देख्दा जसले आरिस जनाउँछ
लालच भरिएकाे मनसधैँ दुनियाँमा गनाउँछ ।
✍️ ताराप्रसाद चापागाईं

२)____[ टुक्का कविताहरू ]____
१.
ज्यादा लालच गर्नाले मान्छे बन्धन पर्दछ
तिरस्कार सधैँ हुन्छ आत्मसम्मान मर्दछ ।
२.
कडा लालचले मान्छे ताँतोजस्तै घुमाउँछ
सयको आसमा बस्दा लाख उस्ले गुमाउँछ ।
✍️ रामशरण न्यौपाने
भक्तपुर

३)____[ टुक्का कविताहरू ]____
१.
म नै हुँ सबै कुरा, म नै हुँ सर्वस्व भनि सोच राख्ने
आउँछन् कोही त्यस्तै साथमा उपहारको हात चाख्ने ।
२.
दिएन साथीले विदेशी उपहार भनि
बस्ने भेटिए पाएको श्रद्धा औँलामा गनि ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाडौँ

४)____[ टुक्का कविताहरू ]____
१.
जसले जति सँगत गर्यो, पढ्यो
जमाना यस्तो आयो, लालच बढ्यो ।
२.
लोभ लालचले आकाशै छोयो
इमान्दारहरूको मन रोयो ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी ४, ललितपुर ।

५)____[ टुक्का कविताहरू ]____

सक्नुपर्छ हिँड्न आफैँले टेकेर
नगर्नु लालच अरूकाे देखेर ।
✍️ हन्नाह छेत्री
दार्जिफिङ

६)____[ टुक्का कविता ]____

कमाउन सकिएन धन उसको जति
पिरोलिन्छ यो मन पटकपटक अति ।
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी ।

७)____[ टुक्का कविताहरू ]____
१.
आफ्नो श्रममा विश्वास र खुसी बस्नु
त्यो लालची स्वभाव कहिले नफस्नु ।
२.
देशका भ्रष्टहरूको जालो जताततै छ विकार
दुष्कर्म गर्नेलाई चौरासीमा घटाएर निखार ।
✍️ भगवती दवाडी
दमक, झापा

८)____[ टुक्का कविताहरू ]____
१.
कसैको लालचमा पर्दा जिन्दगी डुबाउने
आफ्नै कर्मको फलले आफैँलाई रुवाउने ।
२.
अर्काको उन्नति प्रगतिमा डाहा गर्नु हुन्न
जति चरित्र हत्या गरेपनि त्यो बुँद छुन्न ।
✍️ वेदु न्यौपाने

९)____[ टुक्का कविता ]____

माया लालच लोभ मोह जहिल्यै चाहेर धेरै धन
वास्नाको नजिकै रहेर कहिल्यै पाइन्न आफ्नो पन ।
(छन्द शार्दूल विक्रिडित )
✍️ दीपा गुरुङ समभाव
दुबेकोल, खोटाङ

१०)____[ टुक्का कविताहरू ]____
१.
लालच हो डाहा कुठाराघात गर्छ
आफू म म भन्छ अरूमा बिष छर्छ ।
२.
लोभले लाभ, लाभले विलाप
चल्ने चाल अरूको बर्खिलाप ।
✍️ इन्दु श्रेष्ठ
चितवन

११)____[ टुक्का कविताहरू ]____
१.
स्वार्थी मानिसले धेरै लोभ गर्छ
सोझोलाई मारी पश्चताप गर्छ ।
२.
दाजुभाइहरू लोभले लड्यो
दुश्मन सबै आफै पट्टि बड्यो।
✍️ सरोजा बान्तवा पीयूष
कालेबुङ, भारत

१२)____[ टुक्का कविताहरू ]____
१.
आफ्नै मेहनतले धन सम्पत्ति कमाउ
लाेभ लालच त्यागी जीवनभरि रमाउ ।
२.
लालच गर्नेकाे भीडले देश बिगाराे धेर
त्यस्ताकाे पछि लागेमा फसिएला साेची हेर ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर

१३)____[ टुक्का कविता ]____

बाहिर मिठा कुरा भित्र वासनाको भोको
दुहाली छेकेर पूरा गर्छ मनको धोको ।
✍️ नरपति पाण्डे
दमक, झापा ।

१४)____[ टुक्का कविता ]____

केलाई गर्छौ लालच, आफ्नो काम आफै देखाऊ
स्वच्छ बनाऊ र स्वार्थ बिनाको जीवन लेखाऊ ।
✍️ प्रेम थापा “मन””
बागलुङ

१५)____[ टुक्का कविता ]____

भ्रष्टाचारको लहर अति मौलायो
लोभ लालचमा परी मान्छे बौलायो।
✍️ मोती योन्जन सुब्बा
दार्जिलिङ।

१६)____[ टुक्का कविताहरू ]____
१.
दुःखी बनाएर खुसी मनाउँछ
लालचले आँखा अन्धो बनाउँछ ।
२.
सन्तोषको शुद्ध फूल हृदयमा फुलाउन
लालच हटाउनु पर्छ जीवन भुलाउन ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹

१७)____[ टुक्का कविताहरू ]____
१.
जति कमाउन सक्छ उत्तिमा सन्तुष्ट बस्नु
लालचको भुमरीमा मान्छे कहिल्यै नपस्नु ।
२.
ओहोदामा बसेर जो मान्छे उचित काम गर्दैन
त्यो मान्छेको लालचले पेट जीवन भर भर्दैन ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ ।

१८)____[ टुक्का कविताहरू ]____
१.
पतन भयौ लालचले गर्दा
के गर्छौ फेरी अब दु:ख पर्दा ।
२.
लालचिको मन कदापि भरिन्न
मरेर जाँदा नी स्वर्गमा तरिन्न ।
✍️ सरिता सेढाई
धादिङ

१९)____[ टुक्का कविताहरू ]____
१.
जति जस्तो हुन्छ आफ्नो तग्दिरमा त्यसैमा खुशी होउ
अर्काको देखेर लोभ लालच गरेर कहिल्यै नरोउ ।
२.
लोभ लालचले सन्तोष मिल्दैन मनमा
आँखा नलगाउ अर्काको नमिल्नै धनमा ।
✍️ चुडामणी देबकोटा
सिन्धुली मरिणखोला जखनी
हाल थानेटार पुरानोनैकाप काठमण्डौँ

२०)____[ टुक्का कविताहरू ]____
१.
धेरै नै दु:ख पाइन्छ लालच गरेमा
नजिक काेही हुन्न जरुरत परेमा।
२.
भाेजकाे निम्ताे आउँदा हुन्छन् हुरुक्क
खाने तीब्र इच्छा राखी उठ्छन् जुरुक्क ।
✍️ नवराज भट्ट
कञ्चनपुर
हाल काठमाडौँ

२१)____[ टुक्का कविताहरू ]____
१.
भोकै छु भन्दछ लोभिले खाए पनि डकारी
भरिन्न कहिल्यै उसको लालचको भकारी ।
२।
सित्तैमा पाए तम्सन्छ तीन धार्नी चुक खान
साध्यै छैन लोभि मानिसको गरेर बयान ।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।

२२)____[ टुक्का कविता ]____
✍️ ललिता ‘दोषी’

लालचले उँभो होइन उँधो लाउँछ साथी !
जसले स्वार्थ त्याग्न सक्छ उही नै पुग्छ माथि ।
~ बुद्धनगर, काठमाडौँ

२३)____[ टुक्का कविता ]____

आँखा लोभी यो मन पापी यस्तै रहेछ जीवन
राम्रा देखे थुक निल्छ लालची हुन्छ मेरो मन ।
✍️ गुणनिधि घिमिरे
अमेरिका

२४)____[ टुक्का कविता ]____

लालचमा जीवन फस्नेछ
काललेपनि चाँडै डस्नेछ ।
✍️ कार्की डिबी माकुम
सुनवल-४

२५)____[ टुक्का कविताहरू ]____
✍️ प्रमाेद नेपाल
१.
मनकारी दान दिएर, अरूकाे सेवा गर्दछ
लालची अरूबाट लिएर, आफ्नो पेट भर्दछ ।
२.
लालच राम्रो होइन, जे छ त्यसमै सन्तुष्ट हुनु
अन्यथा फन्दामा परी, पर्ला पछि धुरु धुरु रुनु ।
~ वीरगञ्ज
हालः काठमाडौँ – ५ ।

२६)____[ टुक्का कविताहरू ]____
१.
मरी लानु के रैछ किन गर्छौं लाेभ
लालच गर्ने मान्छे सधैँ हुन्छन् क्षाेभ ।
२.
सुन चाँदी हिरा माेति भएपनि टन्न
जीवन जिउन तिमी खानुपर्छ अन्न ।
✍️ राजेन्द्र भुसाल (डिल्ली)
अर्घाखाँची

२७)____[ टुक्का कविताहरू ]____
१.
लालचले पोषिन्छ तर कायरता बढ्छ
सन्तोष हराई मनमा अन्धकार चढ्छ ।
२.
लालचले जोडेको घर रित्तिन्छ चाँडै
सन्तोषले मात्रै टकशाला टिक्छ ठाडै ।
✍️ लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान🇧🇹

२८)____[ टुक्का कविता ]____

लोभ लालचमा फॅसेछन् मानिसहरू
भोकै बस्नु जाति गनाउनु भन्दा बरू।
✍️ घनश्याम पौडेल
पोखरा

२९)____[ टुक्का कविताहरू ]____
१.
लोभ लालच जसले गर्छ
पापको नर्कमा उहीँ पर्छ ।
२.
परिश्रममा आफू रमाउन सिक
लोभ लालच आफ्नो मनबाट झिक ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा

३०)____[ टुक्का कविताहरू ]____
१.
भ्रष्टाचार हुनु लालचले गर्दा
सत्यमार्ग हिड्ने मान्छे को छ मर्दा ।
२.
सुन बरु मागेर खानु हुन्छ भिक्षा
लालच हटाउने दिनुपर्छ शिक्षा ।
✍️ दीप गोले तामाङ
रौतहट

३१)____[ टुक्का कविता ]____

हैट नेताको जातै कस्तो
खाइदिन्छ के सबै जस्तो ।
✍️ निमा छिरिङ भोटिया
जलढाका कालेबुङ

३२)____[ टुक्का कविता ]____

परिश्रममा विश्वास गर
लालचको भरमा नपर ।
✍️ हरिप्रसाद तिमल्सिना
त्रिपुरा सुन्दरी -४, धादिङ

३३)____[ टुक्का कविताहरू ]____
१.
थाहा छ एकदिन पक्कै मरिन्छ
अति लोभगर्ने मान्छे नै परिन्छ ।
२.
लोभीको भाडो हेर भरिन्न
मृत्युपछि स्वर्गमा परिन्न ।
✍️ कला ढकाल
झापा

३४)____[ टुक्का कविताहरू ]____
१.
लोभ र लालचले, देश बिग्रियो
कर्मचारी तन्त्रले, भ्रष्ट पल्कियो।
२.
पाप धर्म भने कुरा, नेताहरुमा छैन
खाना पाए अलकत्र, पनि त छोड्ने हैन ।
✍️ एवाइ प्रभात
धनकुटा

३५)____[ टुक्का कविताहरू ]____
१.
परिश्रम रोपेर अन्न फलाऔँ बरु
अर्काको भरमा सप्रेर जाग्दैन तरु ।
२.
अर्काको सम्पत्ती हडप्ने लालची मनले
एकदिन त अवस्य पिरोल्छ त्यो धनले ।
✍️ हिरालाल न्यौपाने
बानपा ८ कोटमौला सल्यान

३६)____[ टुक्का कविता ]____

काम छैन नखाई नलाई थुपारेको धनको
मृत्यु हाम्रो निश्चित हुन्छ गाँठो फुकाऊ मनको ।
✍️ ऋजु दिल्पाली (राजेन्द्र घिमिरे )
ईटहरी १ हलगडा सुनसरी

३७)____[ टुक्का कविताहरू ]____
१.
भौतिक सुखको लागी, मरिहत्ते सधैँभरि
बेथिति देशमा आज, चलेको छ यसै गरी ।
२.
कुर्सी र पदको मोह, रहन्छ मनमा जब
व्यक्ति त्यो बन्दछ मात्रै,धनको लालची तब ।
✍️ पदमराज न्यौपाने
रामारोशन ४ अछाम

३८)____[ टुक्का कविताहरू ]____
१.
बिग्रिएका छन् कति चेली विदेश पसेर
धन कमाउने लालचमा आफै फसेर ।
२.
केही पाउने आसामा प्रलोभनमा नपर्नु
सुखदुःख आफ्नै देशमा गर्न पछि नसर्नु ।
✍️ काेपिला समीक्षा
खार्पा खाेटाङ

३९)____[ टुक्का कविताहरू ]____
१.
अनुचित इच्छालाई मनमा राख्छ जसले
आखिरमा दुःख पाउॅंछ हो कि हैन यसले ?।
२.
अरूको धनसम्पत्तिलाई देखि लोभलालचा गर्दा
अन्तिममा नहुन सक्छन् कोही तिनीहरू मर्दा पर्दा ।
✍️ अर्जुन प्रसाद चौलागाई
हाल : अमेरिका, बोस्टन।

४०)____[ टुक्का कविता ]____

रिस, राग, लोभ, मोह,घमण्डलाई तोडौँ
षड्यन्त्र र लालची पनि आजै देखि छोडौँ ।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ

४१)____[ टुक्का कविताहरू ]____
१.
लालचले मानिसमा तिर्सना बढाउँदछ
मनमा कलुष भर्दै पापकर्म गराउँछ ।
२.
अति लोभले बन्छ जीवन हाम्रो शत्रु
पार्दछ यसले सारा जीवन यो पत्रु ।
✍️ दिलीप कुमार शर्मा कट्टेल
भद्रपुर -९, झापा
हाल : मेलबोर्न, अस्ट्रेलिया

४२)____[ टुक्का कविताहरू ]____
१.
लाेभ अनि लालचले गल्ती गर्नु हुन्न
ढुङ्ढुङ्ती गनाउँदा कसैले पनि छुन्न ।
२.
बिनसित्ति उर्लिदिन्छ लालचकाे खाेला
आज सानो गल्ती गर्दा भाेलि क्षति हाेला ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

४३)____[ टुक्का कविता ]____

लोभ लालचमा नपरौँ साथी
जानु छ एकदिन सबै माथी ।
✍️ रमा गुरुङ्ग
सालुगडा सिलीगुडी

४४)____[ टुक्का कविताहरू ]____
१.
आफ्नो जति छ त्यसैमा रमाउनु
नगर्नु लालच आफैँ कमाउनु ।
२.
लालचले मन सधैँ अमिलो
बाहिरी सफा छ भित्र धमिलो ।
✍️ खोम काफ्ले
दागाना, निचुला,भूटान,🇧🇹

४५)____[ टुक्का कविताहरू ]____
१.
अरूको आयमा लोभ गर्ने काम नगरौँ
लालची बनेर दुर्नाम कसैले नछरौँ ।
२.
कर्मको खेल मैदान प्रवेश गरेपछि तुरुन्तै भेटिँदैन
जति प्रयास गर्दा पनि असन्तुष्ट व्यक्तिको लोभ मेटिँदैन ।
✍️ बिपी लामिछाने
दमक, झापा

४६)____[ टुक्का कविताहरू ]____
१.
जुन जोगी आए पनि काननै चिरेका
भुँडी भर्नलाई राजनीतिमा छिरेका !
२.
पुराना भन्दा नयाँ देखिए लालची र लोभि जोगी
तलब खान्छन् धेरै यी अहिलेका त सुविधा भोगी !
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौँ

४७)____[ टुक्का कविता ]____

जे र जति छ त्यसैमा सन्तुष्ट रहनु
लालचमा भने कहिल्यै नै नबहनु ।
✍️ दुर्गा भट्टराई

४८)____[ टुक्का कविता ]____

लालचको भाँडो त कहिल्यै भरिँदैन
झूटाे जति छरेपनि धेरै छरिँदैन ।
✍️ सुमित्रा पोखरेल
काठमाडौँ

४९)____[ टुक्का कविताहरू ]____
१.
जीवनमा लोभ लालच नगर्नु
खनेको खाडलमा आफै नपर्नु ।
२.
लालचले विकार मनस्थिती उब्जाउँछ
कुबाटोतिर हिँड्ने परिस्थिति बनाउँछ ।
✍️ देव स्याङ्देन
कालेबुङ ।

५०)____[ टुक्का कविताहरू ]____
१.
भनिन्छ नि लाेभले लाभ लाभले विलाप
एकजुट हुनु पर्छ भ्रष्टकाे बर्खिलाप ।
२.
लाेभकाे भकारी कहिले भरिएको छैन
सत्कार्य नगरेमा जीवनमा हुन्न चैन ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे ।

५१)____[ टुक्का कविताहरू ]____
१.
जसले गर्छ सार्वजनिक सम्पतिको लालच
उसैसँग पर्छ जहिल्यै जनताको खचमच ।
२.
भरिँदैन कहिल्यै पनि लालचको घडा
यसमा लिप्त हुन्छन् सानाभन्दा ठूलाबडा ।
✍️ बाबुराम गौतम
गुल्मी

५२)____[ टुक्का कविता ]____

जानीजानी यसरी मान्छे पछि सर्छ
मरेर जानु केको लागि लोभ गर्छ ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत

५३)____[ टुक्का कविताहरू ]____
१.
सपना देखाउँछ सुनको महल
मुटुभित्र भर्छ लोभको हलचल ।
२.
अर्काको भागमा आँखा गाड्छ
आफ्नो आत्मालाई भित्रै छाड्छ ।
✍️ सतीश पण्डित
भानु ६ चुँदी तनहुँ
हाल चनपा ६ मातातीर्थ ।

५४)____[ टुक्का कविता ]____

लाेभ लालचले मनमा पाल्दछ मैलाे
कहिल्यै भरिँदैन याे आरिसेको थैलो ।
✍️ कोपिला अधिकारी
सिरानचोक-७, गोरखा

५५)____[ टुक्का कविताहरू ]____
१.
मनमा पलायो लालच साधु सन्त जोगीमा पनि
सांसारिक मोह त्याग गरेका भन्थे लौ उनै धनी !
२.
विकृतिक‌ जड भने तापनि लालच गर्छन् फेरि
तुलना गर्दामा दिन बित्छ अर्काको उन्नति हेरी !
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे

५६)____[ टुक्का कविताहरू ]____
१.
चलेको छ समाजमा अनेकौँ चलन
हुने किन पो होला सबैलाई जलन ।
२.
भनाइ र गराइएको याे विभेद देखिने जहिले
मै राम्रो मै जाती भन्ने चलन अझै हट्ला खै कहिले ।
✍️ सुशिला शिखा
काठमाडौँ कागेश्वरी

५७)____[ टुक्का कविता ]____

लालची मन भयो त्यो सम्पत्ति पाउछु यसै
पर्छ लालची बनि हात पार्न त्यो अन्य बेसै ।
✍️ बालकृष्ण खनाल
रिप्दिकोट-३ पाल्पा

५८)____[ टुक्का कविता ]____

दुई दिन बाँच्नुछ मनुष्य लालच नसाँच
मर्दा खाली हात जानुछ स्वाभिमानले बाँच ।
✍️ राज बहादुर बडुवाल
कनकसुन्दरी-५,जुम्ला

५९)____[ टुक्का कविता ]____

विद्वान् भलाद्मीहरू सधैँ पुस्तक पढ्दै बस्छन्
मूर्ख अल्पज्ञानी व्यर्थै साेझा साझालाई डस्छन् ।
✍️ श्रीकृष्ण चौलागाईं
सिद्धिचरण -८,ओखलढुङ्गा

६०)____[ टुक्का कविताहरू ]____
१.
मन लालच, तन लालच
लालचै शत्रु, यही हाे सच ।
२.
अरूकाे तान्ने, अरूकै काट्ने
लालच लत, थुकेकै चाट्ने ।
✍️ फेसबुक कवि
बैत्यश्वर-६ दाेलखा

६१)____[ टुक्का कविता ]____

गर्छौ लोभ,गर्छौ लालच संसारको थोकलाई
काम लाग्दैन मरेपछि सम्पत्ति र साथीभाइ ।
✍️ सुवर्ण खाती (अनुरागी)
नेहुर बालासन चिया बगान,
सोनादा, दार्जिलिङ!

::::: जय टुक्का! जय साहित्य!! :::::