काठमाडौं पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा हाल देशभर निःशुल्क स्वास्थ्य सेवाको पहुँच विस्तार अभियानमा सक्रिय छन्। तारकेश्वर क्लब ६० का अध्यक्षसमेत रहेका उनले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालसँग समझदारीपत्र ९ःइग्० गर्दै समुदायस्तरमा स्वास्थ्य सेवा नजिक्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
उनको पहलमा ॐ समाज डेन्टल अस्पतालसँग सहकार्यमा नियमित रूपमा दन्त, आँखा, मधुमेह, रक्तचाप परीक्षणदेखि औषधि वितरणसम्मका शिविर सञ्चालन भइरहेका छन्। शिविरमा सहभागी विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र औषधि उपलब्ध गराएका छन्। वरिष्ठ चिकित्सक डा। सुवास घिमिरेसँग मिलेर थापाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई निरन्तर सेवा दिइरहेका छन्।
थापा अहिले अति बिकसित सबै को मन मुटुमा बसेको सडकदेखि सदन सम्म का मानिसको उपचार गराउने संस्था ॐ समाज डेण्टल अस्पताल को बोर्ड सदस्य पनि नियुक्त हुनु भएको छ। गत वर्ष मात्रै उनले ७९ वटा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए भने यस वर्ष १०० भन्दा बढी आयोजना गर्ने लक्ष्य लिएका छन्। हाल उनी ॐ समाज डेन्टल अस्पतालको बोर्ड सदस्यका रूपमा पनि सक्रिय छन्।
पशुपति महायज्ञमा ३१ दिन लगातार स्वास्थ्य सेवा
साउन महिनाभर पशुपति क्षेत्रमा आयोजित ३१ दिने महायज्ञमा थापाले पाँच वटा अस्पताल — ॐ समाज डेन्टल, ग्रीन सिटी अस्पताल, स्तुपा अस्पताल, ईसान बाल तथा महिला अस्पताल र बीपी स्मृति अस्पताल — को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे।
शिविरमा हजारौँ भक्तजनले दन्त परीक्षण, रक्त परीक्षण, मधुमेह र रक्तचाप जाँच गराएका थिए। दैनिक सयौँ नागरिकले निःशुल्क औषधि पाए भने आकस्मिक उपचारसमेत उपलब्ध गराइयो।
थापाले भने, “समाजका लागि साना–साना प्रयासले ठूलो प्रभाव पार्छ। मलाई यो नै आत्मसन्तुष्टि हो।”
प्रारम्भिक जीवन र सामाजिक सक्रियता
राजन थापाको जन्म काठमाडौंको साङ्ला–५ ९हाल तारकेश्वर–१० मा माता सुन्तली थापा र पिता रामकृष्ण थापाको कोखमा भएको हो। बाल्यकालदेखि नै सामाजिक सेवामा रुचि राख्ने उनले २०७२ सालको भूकम्पपछि काभ्रे, गोर्खा र नुवाकोटमा पुगेर कपडा, जस्तापाता, खाद्यान्न तथा औषधि वितरणमा योगदान गरेका थिए।
कोभिड–१९ महामारीमा पनि उनी अग्रपंक्तिमा उभिएर अक्सिजन सिलिन्डर, आईसीयू बेड, भेन्टिलेटर, औषधि र खाना व्यवस्थापन गर्दै संक्रमितहरूको उपचारमा सक्रिय रहे।
पत्रकारिता र सम्मान
थापा एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। सामाजिक विकृति, संस्कृति, कला, राजनीति र जनहितका विषयमा खोजमूलक समाचार प्रस्तुत गर्दै आएका उनी सांस्कृतिक तथा सामाजिक वृत्तचित्र निर्माणमा समेत संलग्न छन्। हालै उनलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार – २०२५’ प्रदान गरिएको छ, जुन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित किड्स अफ द इयर इन्टरनेशनल २०२५ कार्यक्रममा प्रमुख अतिथि दीपक कुमार गौतम र अन्तर्राष्ट्रिय फेसन प्रशिक्षक राज फैजुले संयुक्त रूपमा सम्मान गरेका थिए।
त्यसैगरी, उनले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ क्ष्, नेपालबाट “सहयोगी लायन सम्मान” प्राप्त गरेका छन्। यसअघि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानका साथै गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र पनि हात पारिसकेका छन्।
अभियानको प्रभाव
थापाको नेतृत्वमा हालसम्म विद्यार्थी, वृद्धवृद्धा, महिला तथा श्रमिक वर्गका हजारौँ नागरिक प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा पाएका छन्। उनी विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध छन्। उनका अनुसार, “दिनमा कम्तीमा एक–दुई जनाले सहयोगका लागि खोजेन भने मलाई लाग्छ, आज साच्चिकै कसैलाई दुःख परेको छैन।”
स्थानीय बासिन्दा र सेवाग्राहीहरूले उनको योगदानलाई प्रशंसा गर्दै यसलाई “सकारात्मक परिवर्तनको अभियान” का रूपमा लिएका छन्।