जुनियर सिंगिङ स्टारको उपाधि पनौती–१२, काभ्रेकी सुप्रिया तामाङले जितेकी छन । शनिबार भएको ग्राण्ड फिनालेमा निर्णायक गायिका सरु गौतमको टिमबाट पनौती–१२ की सुप्रिया विजयी बनेकी हुन ।
आर्या मिडिया हाउसले नयाँ आवाजको खोजी गर्ने उदेश्ले गायन विधामा रुची हुने १६ वर्ष मुनिका बालबालिकाले भाग लिनेगरी आयोजना गरेको जुनियर सिंगिङ स्टारको अन्तिम प्रतिष्पर्धामा ६ जना रहेका थिए । जुनियर सिंगिङ स्टार छानिएकी सुप्रियाले प्रथम पुरस्कार ५ लाख, २ वटा व्यावसायिक संगीत भिडियोहरू र ५ स्टुडियो गीत रेकर्डिङ पाएकी छन ।