राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले बिगतका बर्ष जस्तै यस बर्ष पनि बडादशैंको शुभकामना आदान–प्रदान तथा ३ जना बिशिष्ट साधकहरुलाई “बिशिष्ट साधक सम्मान २०८१” सम्मान प्रदान गरेको छ ।
बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल बरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापित एवं बरिष्ठ साउण्ड इन्जिनियर प्रदिप कुमार उपाध्यायलाई नगद तथा सम्मानपत्र सहित श्रष्टाहरुको निवासमै पुगेर सम्मानित गरिएको हो । कार्यक्रममा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, महासचिव दिपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापा, सदस्यहरु प्रतिक्षा काफ्ले, मनोज परियार, सविन सुबेदी, डेबिड शंकर, सरु गौतम लगायतको उपस्थिति रहेको थियो । त्यस्तै संस्थाका सल्लाहकारहरु संगीतकार सुरेश चन्द्र अधिकारी, गीतकार बद्री पाण्डे, समाजसेवी नमस्तेलाल श्रेष्ठ, निर्देशक माधबराज खरेल, गीतकार डाड्डओमकृष्ण प्रसाईं, प्रेस संयोजक बिष्णु सुबेदी तथा निर्देशक लव प्याकुरेल लगायतका ब्यक्तित्वहरुको उपस्थितिले कार्यक्रम उत्कृष्ट र भव्य भएको कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण बहादुर थापाले बताए ।