काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा आर्थिक रुपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेका महाभारत, खानीखोला र रोशी गाउँपालिका गरि ३ वटा स्थानीय तहका ९ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत करिब १३५ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामग्री वितरण गरेको हो । संस्थाले शैक्षिक सामग्री बितरणका लागि ३ वटै स्थानीय तहबाट छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए । प्रत्येक गाउँपालिकाबाट ३÷३ वटाको दरले विद्यालय छनोट गरिएको थियो । छनोटमा परेका प्रत्येक विद्यालयबाट गरिब, जेहन्दार, अशक्त तथा अपांग विद्यार्थीहरु छानिएका थिए । प्रति विद्यार्थी एक झोला, छ कापी, एक क्यालकुलेर, एक जियोमेट्री बक्स, दुई ड्ट्पेन, दुई पेन्सिल वितरण गरिएको थियो ।
कार्यक्रम सफल बनाउन विशेषत नेपालबाट सामग्री ब्यबस्थापन तथा बितरण कार्यमा अहोरात्र खटेर महत्वपूर्ण योगदान पुर्याउनुहुने हरिकृष्ण श्रेष्ठ, यम श्रेष्ठसंस्थाका सल्लाहकार य सानु लामा, मनोज मगर तथा कार्यसमिति पदाधिकारीहरु केशवमान लामा, अजय लामा, देबिमाया चौलागाईं त्यसैगरी शैक्षिक सामग्री वितरणका लागि संयोजन संस्थाका सदस्य दिनेश गौतम, केशबमान लामालगायतले गरेको दक्षिण कोरियाबाट डि यन गौतमले जानकारी दिए ।