-प्रशान्त केसी, स्यानफ्रान्सिस्को, अमेरिका

आज विहान ताइवानमा गएको ७.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले ठूलो क्षति गरेको छ। भूकम्पका कारण ७ जनाको ज्यान गएको छ भने ७०० जना भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ। न्यू ताइपेइ सिटीमा सयौं अग्ला भवनहरु ढलेका वा क्षतिग्रस्त भएकाछन् भने सडक यातायातहरु अवरुद्ध भएकाछन्। कैयन विदेशी नागरिकहरु समेत भत्किएका सडक संजालका कारण अलपत्र परेकाछन्।

हाल आपतकालीन उद्धार कार्यहरु जारी रहेकाले क्षतिका विवरणहरु आउनेक्रम जारी नै छ। अन्तराष्ट्रिय सहयोगका लागि तत्काल आव्हान भइ नसकेको भएपनि मानवीय सहयोगका लागि कैयन अन्तराष्ट्रिय संस्थाहरु तयार रहेको समाचारमा जनाइएको छ।

तस्विर साभार- सिएनएन