बनेपा, उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.बनेपा ७ काभ्रेको आयोजनामा, लायन्स क्लब अफ काभ्रे बनेपाको सहयोग तथा MENOPAUSE SOCIETY OF NEPAL को प्राबिधिक सहयोगमा रजोनिबृत्तीमा स्वस्थ जीबन शैली अभिमुखीकरण कार्यक्रम भाद्र ९ गते कायस्थ बैंक्वेट बनेपामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा सोसाइटीका ६ जना स्त्रीरोग बिशेषज्ञ चिकित्सकहरुद्धारा ५० जना महिला शेयर सदस्यहरुलाई रजोनिबृत्ती सम्बन्धी बिशेषज्ञ सेवा उपलब्ध गराइको थियो । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.का संचालक तथा लायन्स क्लब अफ काभ्रे बनेपाका सचिब दिब्यश्वरी लाखे पोटेले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी बनेपा न.पा.का प्रमुख शान्तीरत्न शाक्यले यस किसिमको कार्यक्रम गर्न आगामी दिनमा बनेपा न.पा.ले हातेमालो गर्ने बताउनु भयो । साथै लायन्स क्लब अफ काभ्रे बनेपाका अध्यक्ष सरिता पलाञ्चोकेले सहकारी संग मिलेर बिभिन्न सामाजिक कार्यहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यकारी प्रमुख कृष्णभक्त थापाले गर्नु भएकोमा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले संस्थाले यस आ.ब.भित्र महिला शेयर सदस्यहरुको लागि पाठेघरको जांच तथा पुरुष सदस्यहरुको लागि प्रोस्टस्ट जांचको शिविर संचालन गरिने बताउनु भयो । उक्त कार्यक्रमको अन्त्यमा MENOPAUSE SOCIETY OF NEPAL का अध्यक्ष डा.चन्दा श्रीबास्तबले यस कार्यक्रममा सहयोग गर्न पाउंदा साहै्र खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्थाबाट निरन्तर सहयोग गर्ने बचन बद्धता ब्यक्त गर्नु भएको थियो ।