सहकारीलाई समुदायको सहकार्य भनिन्छ । समुदायमा सामूहिकरुपमा बसोबास गर्ने र एकापसमा पर्ने समस्यामा सहकार्य गर्नु नै सहकारी हो । जहाँ मानविय जीवनलाई आवश्यक पर्ने हरेक आवश्यक वस्तु वा विनिमयलाई निस्चित आधारमा ऐंचोपैंचो वा लेनदेन गर्दै तत्कालको समस्या सल्टाउनुलाई सहकार्य भनिन्छ । कोहि कसैसंग केही लिए पछि त्यस वापतको निस्चित केही वस्तु वा नगद भराउने काम हुन्छ । त्यसरी केही शर्त सहित आपसमा वाधा फुकाउने, वा काम चलाउने र काम सम्पन्न भैसकेपछि वा तोकिएको अवधि पुरा भएपछि शर्त बमाजिम नै फिर्ता गर्ने कामलाई पनि सहकार्य भनिन्छ । सहकार्य गर्दा हाम्रा रितीथिति, संस्कृति र परम्परालाई पनि आधार मानेर गर्ने गरिन्छ । त्यस्तो काममा समुदायको सहभागिता हुने हँुदा निर्णय प्रकृया पनि सामुहिक हुने गर्दछ । जहाँ धेरै भन्दा धेरै आस्था र विश्वास पनि जोडिएको हुन्छ । समुदायले गर्ने निर्णय आफ्नै लागि हुने भएकोले सबैको हितमा केन्द्रीत हुने गर्दछ र हुनै पनि पर्दछ ।
हुनत आफ्नो आवश्यक्ता पुरा गर्न पहिले पहिले साहु महाजनबाट लिईएको वस्तु वा बिनिमयमा चर्काे व्याज वा थप वस्तु समेत बुझाउनु पथ्र्याे । यद्यपी अहिले पनि त्यो अवस्था कतै कतै कायमै छ । त्यस प्रकारको कारोबारले धेरै भन्दा धेरैको घरबास समेत उठेको देखिन्छ । सहकारीको सहकार्यले सहुलियत, छिटो र छरितो सेवा प्रवाह गर्न सक्ने भएकोले आम मान्छेको आकर्षण सहकार्यमा ब्यापक रुपमा बढेको छ । यसलाई जोगाई राख्नका लागि सहकारीले पनि सदस्यको चाहनालाई जिवित राख्न र उर्जा भरीराख्नका लागि समय सापेक्ष निर्णय गर्दै कार्यान्वयनमा लैजानु आजको मूख्य आवश्यक्ता हो ।
सहकारी समुदायमा चल्ने हुनाले त्यो समुदायको आवश्यक्ता, माग र समस्याको पहिचान गरी उचित निर्णय लिनु आवश्यक हुन्छ । निर्णय गर्दा वा लेख्दा संस्थाका सदस्यको अवस्था, सदस्यको आर्थिकोपार्जनको निम्ती गर्नै पर्ने काम र लगानीको श्रोतको पहुँच के कस्तो छ भनेर पहिचान गर्नु जरुरी हुन्छ । संस्थाको निर्णय एकातिर र सदस्यको चाहना अर्काेतिर भयो भने संस्थाले सहि बाटो पहिल्याउन सक्दैन । कतिपय संस्थाले आफ्नो संस्थाको निर्णय सहि ढंगले गर्न नसक्दा थुप्रै समस्या आई बन्द भएका पनि छन् र अझै केही बन्द हुने अवस्थामा पुगेका छन् । संस्थाले लगानी र असुलीको निर्णय समयमै सहि ढंगले गर्न नसक्दा वा नजान्दा पनि असफल भएर बन्द हुने अवस्थामा पुगेका छन् ।
सहकारीका सञ्चालकले बुझ्नै पर्ने उएटै कुरा के छ भने संस्थासंग भएको पूंजी र बजारमा तत्काल कायम रहेको वित्तिय अवस्थाको विश्लेषण हो । यससंगै सरकारले बेलाबेलामा जारी गरेको सहकारी कानून, ऐन, नियम र नीतिहरुलाई पनि अध्ययन गर्दै सापेक्षिकृत निर्णय गर्न सक्नु पर्दछ । सरकारले बेलाबेलामा जारी गरेको कानून अनुसार मात्रै सहकारीलाई चलाउने हो भने कुनै पनि सहकारी अफ्ठेरोमा पर्ने छैनन् । सक्षम संचालक र कुशल व्यबसथापनका कारण मात्र सहकारीले बोकेको लक्ष्य हासिल गर्न मद्दत पुग्दछ । सहकारीका संचालक मध्ये कसैले कार्यालयको काउन्टरै खाली गरेर लगानी गर्ने र कसैले डुब्छ भनेर लगानी नै नगर्ने पनि गरेको पाईन्छ । यि दुवै कुरा गलत हुन् ।
लगानीका लागि उचित क्षेत्र नहेरी लगानी गर्नु वा अनुचित ठाँउमा लगानी गर्नु पनि राम्रो होईन । लगानीको सुरक्षा, लगानीको सिमा र केमा लगानी ? भन्ने कुराको निक्र्याेल नगरी लगानी गर्नु संस्थाका लागि घातक साबित हुन सक्दछ । लगानी गरिसकेपछि असुलीतर्फ विशेष चासो चै कमैले गर्ने गर्छन । सहकारी संचालक जसरी आफ्ना मान्छेहरुलाई लगानी गर्न उत्साहीत हुन्छन् र लगानी पनि गर्छन् । लगानी आफु खुशी गर्ने र असुलीमा कर्मचारीलाई मात्र प्रयोग गर्दा समयमै कर्जा उठ्न मुस्किल हुन्छ । त्यतिमात्र हैन ऋणीले पनि आफ्नो रवाफ देखाउन वा तोकिएको समयमा तिर्न नसके पछि संचालकलाई नै गुहार्छन । कतिपय संचालकले पनि ऋणिले भने बमाजिम नै हुन्छ भनेर बचन दिन्छन् । कतिपय लगानी असुलीमा संचालक आफैंले दोहोरो भूमिका खेल्दा ऋणिको ऋण नतिर्ने तर्फ आत्मबल बढ्छ । संस्थाका निम्ती यस्तो व्यबहार झन घातक हुन्छ । सहकारीमा संलग्न जोसुकैले पनि यस्तो कदापी गर्नु हुदैंन । अहिले जति पनि सहकारीमा समस्या छन् तिनको मूख्य कारण भनेको यहि हो ।
त्यसो त लगानी गर्न डराएर पूंजी मात्रै जम्मा गरेर बैंकको ब्याज मात्र लिने सहकारी पनि छन् । ति सहकारीहरुले आफ्नो सहकारीको अवस्था, आफ्नै सदस्यहरुको आर्थिक अवस्था, बजारको वित्तिय अवस्था, अर्थतन्त्रमा राष्ट्रिय राजनीतिको प्रभाव वा हस्तक्षेप लगाएतका वित्तिय विषयहरुलाई पनि सहकारीका संचालकले राम्रै संग बुझ्नु जरुरी हुन्छ । जनताको एकएक पैसालाई बटुलेर जम्मा गर्दै ढुकुटीमा राख्नु नै ठूलो काम होईन । त्यसरी बचत गरिएको रकमलाई उचित प्रयोग गरी सदस्यहरुको आर्थिकोपार्जनसंगै संस्थाको सम्पत्ति बढाउन सक्नु चै कुशल संचालकको काम र कर्तब्य हो । सहकारीमा लगानी र असुलीमा जसले कौशलतापूर्वक निर्णय गर्न सक्षम हुन्छ, त्यही सहकारी त्यसका संचालक अब्बल साबित हुन्छ । अहिले सहकारीमा यदि समस्या छ भने सदस्यहरुको भेला गर्ने उनिहरुलाई वर्तमान अवस्थाको बारेमा जानकारी गराउँने र उनिहरुले दिने सुझावको आधारमा अगाडी बढ्नु राम्रो हुनेछ । यति गर्न सकियो भने सदस्यको विश्वास जित्न सकिने छ र संस्था सफल हुनेछ ।