विगत डेढ वर्ष अगाडि देखि संस्थागत रुपमा वित्त क्षेत्रसंग सम्बन्धित रहेर यहाँ सहकारी डबलीको रुपमा स्तम्भ लेखीरहने मौका पाएको मिलिरहेको छ । लेख्न शुरु गर्ने समय भन्दा अगाडिदेखि नै देशमा पूँजी पलाएनको क्रम शुरु भैसकेको थियो । देशको पैसा विभिन्न बहानामा विदेश जान थालीसकेको थियो ।
भ्रमण, अध्ययन वा महंगा र विलासिताका सामान किन्ने लगाउतका अन्य विभिन्न बहानामा स्वदेशी रकम विदेश गैरहेको छ । त्यति मात्र हैन भ्रष्ट नेता तथा उच्च तहका कर्मचारीहरुले विदेशी बैंकमा पैसा जम्मा गरेको रकम विगतको तुलनामा तिन गुणा बढेको समाचारहरु छ्यापछ्याप्ती आईरहेका छन् । नेताहरुलाई अघोषित रुपमा सरकार संचालन गर्नलाई सघाउँने राजनैतिक बिचौलियाले देश र नागरिककै ढुकुटीमा ब्रम्हलुट मच्चाई रहेका खबर विगतमा भन्दा अहिले अत्याधिक आई रहेका छन् । र अझै पनि त्यो सृंखला कायमै छ ।
पात्र फेरिएको मात्र हो तर प्रवृत्ति उहि छ । विगत लामो समयदेखि नै ऋण गरेर व्यवसाय गर्ने बैंकको ग्राहक होस वा सहकारीको सदस्य किन नहोस ऋण गरेर व्यवसाय गर्ने ऋणीलाई ब्याज महंगो भयो भनेर आवाज उठिरहेकै थियो र आज पनि छ । केहि देशहरुमा बाहेक समग्रमा नेपालमा ऋणमा लगानी गरिएको ब्याज निक्कै महंगो देखिएको छ । नेपालमा ऋण लिएर ब्यवसाय गर्नु भनेको आफ्नो लगानीलाई गुमाउनु जस्तै भएको छ । आफुसंग भएको पैसाले व्यवसाय गरेर कमाउनु भन्दा भएको पैसा बैंक तथा वित्तिय संस्थामा राखेर ब्याज खानु नै अहिलेको लागि राम्रो आम्दानीको श्रोत भएको छ । महंगो ब्याज तिरेर लगानी गरेर फस्नु भन्दा वा कमाउन नसकेर लगानी नै गुमाउँनु भन्दा जोखिम नमोलीकन राम्रो व्याज खाने प्रवृत्तिको विकास भएको छ । यसले समग्रमा के देखाउँछ भने उत्पादन र वा श्रम गरेर पैसाको जोखिम मोल्नु भन्दा चर्काे ब्याजमा लगानी गरेर खाने प्रवृत्तिको विकास हुदै गयो । अन्य देशमा बैंकले ग्राहकको पैसाको सुरक्षा गरिदिए बापत खातावालाले बैंकलाई अतिरिक्त शुल्क बुझाउँनु पर्छ । तर हाम्रो देशमा संसारकै महंगो दरमा ब्याज पाईन्छ । सबैको कम जोखिममा पैसा कमाउँने रहर हुन्छ । बैंकहरुले अहिले त्यहि सुविधा दिईरहेका छन् । जनतासंग महंगोमा लिएको पैसा ऋण दिंदा झन महंगो पर्नु स्वभाविक हो । महंगोमा ऋण लिएर गरेको व्यवसायले कल्यिै पनि प्रगति गर्न सक्दैनन् । सरकारद्धारा हरेक उत्पादनलाई सहुलियत दिने । ब्यबसाय गर्ने ऋणीलाई सरल कर्जामा ऋण उपलब्ध गराउँने । उत्पादित वस्तुको बिक्रि सुनिश्चितता सहित बजारीकरण गरिदिने । राज्यले यि कामहरु मात्र गरिदियो भने हाम्रो उत्पादन कम लागतमा हुन्छ र अन्य बजारसंग प्रतिस्पर्धा गर्न सक्ने हुन्छ ।
विगतदेखि वर्तमानसम्म देशको अर्थतन्त्रको बारेमा केही न केही लेखिरहंदा धेरै विषय र सन्दर्भहरु प्राप्त भएका छन् । विशेष गरेर आर्थिक रुपमा जोडिएका सन्दर्भहरुका बारेमा सूचनाहरु प्राप्त भएका छन् । अहिले पछिल्लो पटक भने बैंकले आफुहरुलाई सजिलो ढंगले नपत्याउँदा र सहकारीहरुले ऋण लगानी गर्न नसक्दा व्यवसाय सञ्चालन गर्न धौ धौ भएकाहरु असाध्यै पिडामा भएको पाईयो ।
समाजमा ईज्जत बचाई राख्नका लागि भए पनि चर्काे ब्याजमा धेरै भन्दा धेरै मध्यमदेखि उच्च तहका व्यापारीहरुले पैसा चलाएको विषय पनि मौखिक रुपमा आएका छन् । त्यस्तो पैसाको कारोबार गर्नेहरु पनि हुनेखाने तहको हैसियतका भएको पाईएको छ । यो आर्थिक संकट धेरै दिन रहदैन त्यस पछि त कमाएर तिरी हाल्छु नि भनेर लिएको चर्काे व्याजको ऋणले धेरैको निद हराम गराएको छ । दिनेलाई उठाउँन गाह्रो, लिनेलाई तिर्न गाह्रो छ । देशमै भएको आर्थिक संकटका कारण व्यवसायमा आएको मन्दिले सबैलाई तनावमा पु¥याएको छ । यहि मौका छोपेर केही आर्थिक चलखेल गर्न सक्ने बैंक र वित्तिय संस्थाहरुमा संलग्न नभएका र पहुंचमा भएकाहरु जो सहकारीमै पनि आबद्ध छन् उनिहरुले समेत धितो पास गरेर मंहगोमा पैसा लगानी गरेका कुराहरु पनि बाहिर आएका छन् । सहकारीेले अहिले त ऋण दिनै सक्दैन, अत्याावश्यकै परेको भए व्यक्तिसंग कुरा गरिदिन्छै भनेर चक्रवर्ती व्याज खानेहरु पनि थुप्रै भेटिएका छन् । केही साहुहरुले ऋणीलाई दिएको पिडाको कुरा सुन्दा तिनले त कहिल्यै पनि मर्नु पर्दैन र सकेको जति यहि जुनिमा कमाउनु पर्छ भन्ने मानसिकताले गाँजेको देखिन्छ । अहिले सबैतिर ठूलो आर्थिक संकट छ । यस्तो मौका पाउँनु मिटरब्याजीहरुको लागि त स्वर्णिम मौका भएको छ । त्यस्ता मिटरब्याजीले कसरी कमाउँने भन्ने योजना मात्र हुन्छ । तिनिहरुले घुमाई फिराई ठग्ने उपाय खोजिरहेकै हुन्छन् । यस विषयमा मौखिक रुपमा आएका आधारमा भन्दा पनि प्रमाणहरु आवश्यक हुन्छ । त्यस पछि ति विषयहरुमा तथ्यगत रुपमा लेख्दै जाउला ।
अहिले सबैतिर आर्थिक संकटले गाजेको हुंदा भन्ने वित्तिकै कारोबार मिलाउँन कठिन भएको बेला छ । यो वा त्यो र यसलाई वा त्यसलाई भन्ने बेला पनि छैन । देशले आफ्ना कर्मचारीलाई समेत घुमाउरो बाटोबाट तलव खुवाउनु पर्ने अवस्था आएको छ । अब सरकारले तत्कालका लागि देशको अर्थतन्त्रलाई खुकुलो बनाउँने नीति ल्याउँन ढिला गर्न हुन्न । हरेक व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन ढिला गर्न हुन्न । आर्थिक दलालबाट भित्र भित्रै लुकाईएको नगद कारोबारलाई बजारमा ल्याउने वातावरण बनाउँन ढिला गर्न हुन्न । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम चाहिएको छ । नेपाली उत्पादनले बजारमा सहज विक्रि वितरणको पाउने व्यवस्था तत्काल मिलाउँनु आवश्यक छ । ऋणीलाई तनावमूक्त र सहज ढंगले काम गर्ने वातावरण निर्माण गर्नु जरुरी छ । यदि सरकारले यस विषयमा छिट्टै कदम चल्न सकेन भने पैसाकै कारणले हरेक क्षेत्र थप तहसनहस हुने दिन आउंन धेरै दिन लाग्ने छैन । यदि त्यस्तो अवस्था आयो भने त्यसले कसैलाई पनि बाँकी राख्ने छैन । त्यसैले सरकार अर्थतन्त्रसंग जाडिने सबै पक्ष मिलेर सबैको जिउ र धनको सुरक्षाका लागि भए पनि सबै पक्ष एकै ठाँउ उभिनु जरुरी छ । बाँस रह्यो भने बासुरी बजाउँला ।