बनेपा, कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित नहुन भनेर हरेक वर्ष मनाउदै आएको विश्व खोप सप्ताह आउदो वैशाख १५ र ३१ गते ९दुई दिन० देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई खोप छुटेका पहिचान र खोप पूरा गराई नियमित खोपको सुदृढीकरण तथा पूर्ण खोपको सुनिश्चितता गरी मनाईदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृह्त खोज र खोप अभियान कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आमाहरुमा एउटा दादुराको खोप लगाइसक्यो अर्को किन लगाउने भन्ने अज्ञानता हुन सक्छ । बच्चा बिरामी भएर लगाउन छुटेका हुन सक्छन् । महाशाखाले नेपालका सबै विद्यालयमा अभियान सञ्चालन हुने दिन छुटेका बच्चाहरुलाई खोज्न विद्यार्थी तथा शिक्षकलाई सहयोगको अपिल गरेको जनाएको छ । साथै पकेट समुदायमा पनि बालबालिकालाई खोज्न बजेट पठाइनुकासाथै विद्यालय भर्ना हुन आउँदा विद्यार्थीको खोप कार्ड अनुगमन गर्न पत्राचार गरेको जनाएको छ ।

बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि।सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ । कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनुहुँदैन भन्ने सरकारको नीति नै छ । तर पनि विभिन्न कारणले सबै बालबालिकाहरु खोपको पहुँचमा आउन सकेका छैनन् । नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा २ करोड ५० लाख बालबालिकाहरुले खोप नपाएको बताएको छ भने यो संख्या सन् २०१९ मा ६० लाख थियो । खोप लगाउनबाट वञ्चित सबैभन्दा धेरै भारतमा छन् । त्यहाँ २७ लाखभन्दा बढी बालबालिकाहरु खोपबाट वञ्चित छन् । –नव क्षितिज साप्ताहिकबाट