केहिदिन अघि देशभर विश्व क्षयरोग दिवश मनाईएको छ । क्षयरोग अर्थात बुझ्ने भाषामा भन्दा टीबी रोग । माइकोब्याक्टेरियम ट्यूबरक्लोसिस नामको ब्याक्टेरियाबाट हुने सरुवा रोग हो । यसको सन् १८८२मा रोबेर्ट कोचले क्षयरोगको जीवाणुको पत्ता लगाएका थिए ।
घातक रोगबारे जानकारी राख्नु आवश्यक छ । तथ्यांक अनुसार नेपालमा करिब ४५ प्रतिशत जनशक्ति क्षयरोगबाट संक्रमित छन् । त्यसमध्ये प्रत्येक दिन करिब ४७ जना क्षयरोगबाट मर्ने गर्छन् । विकासशील देशहरुमा वाषर््िाक लगभग १५ लाखभन्दा बढी मानिसले क्षयरोगबाट ज्यान गुमाउने गरेका छन् । त्यसैले जनचेतना बढाउनको लागि यसका बारेमा गुगलको सहयोगमा केहि जानकारी प्रस्तुत गरिएको छ ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ, खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन । र क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन । यो बिरामीको हावाबाट फैलिन्छ । यसकारण कुनै पनि क्षयरोगको बिरामीको सम्पर्कमा आउँदा सर्ने गर्छ । मानिसमा क्षयरोगको लक्षण पहिला नै देखिदैन । र पछि सक्रिय हुनसक्छ । यदि लगातार ३ सातासम्म खोकी लाग्नु, खोक्दा थुकमा रगत आउनु, ज्वरो आउनु, भोक नलाग्नु, छातीमा दुख्नु, थकानको अनुभवहुनु लगायत यसको लक्षण हो ।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ । जस्तैः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन् ।
क्षयरोग दुई भागमा वर्गीकरण गर्न सकिन्छ–फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) । फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।
फोक्सोको क्षयरोगका लक्षणहरू–दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि । त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ । जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै–विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ । हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ । पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पर्ने र मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ । त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ ।

क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ । यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ, जसमा विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्छ तर यो सामान्य हो, डराउनु पर्दैन । क्षयरोगबाट बच्न बच्चालाई बीसीजीको खोप लगाउने, क्षयरोगका बिरामीको नजिक जाँदा मास्कको प्रयोग गर्ने, क्षयरोगका बिरामीको वरपर श्वासन स्वच्छता बनाउने, लागेकाले अनिवार्य रुपमा औषधी सेवन गर्ने तथा यसको बारेमा शिक्षा र चेतना जगाउनाले पनि यो रोग लाग्ने संख्यामा कमि ल्याउन सकिने छ । –नव क्षितिज साप्ताहिकबाट