बनेपा, बिगत लामो समय देखि ब्यवसायिक तथा सामाजिक सेवाका छेत्रमा सक्रिय रहनुभएका सामाजिक व्यक्तित्व सानुकाजी थापा राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित हुनु भएको छ ।

चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय नागरिक सेवा सम्मान कार्यक्रममा थापा राष्ट्रिय नागरिक सेवा सम्मानबाट  दोश्रो पटक सम्मानित सम्मानित हुनु भएको हो । उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिशेष कार्यक्रमका बिच सम्मान गर्नु भएको हो । थापा नेपाली नागरिक समाजमा निष्ठापुर्वक समर्पित हुदै आउनु भएको छ । विभिन्न सामाजिक संघ संस्थाहरुको माध्यमबाट सामाजिक विकास, आर्थिक र राष्ट्र निर्माणमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उहाँ बनेपा रहेको मेरो टेलर्स का सञ्चालक समेत हुनुहुन्छ ।