पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ ।

यसैगरी काभ्रेमा एकैदिन धुलिखेलमा ३०, पनौती मा ३ र बनेपामा १ गरी जम्मा ३४ जना संक्रमित भेटिएका छन । यो संगै काभ्रे जिल्लामा जम्मा संक्रमित ३६८ पुगेका छन ।
आज दिउसो धुलिखेल–९, काभ्रेभञ्ज्याङको एकै टोलमा २५ कोरोना संक्रमित भेटिएका थिए ।
उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित हुने हरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । यस अघि सोही स्थानका केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ठूलो संख्यामा संक्रमित फेला परेसँगै सो वडा सिल गरिएको छ ।