अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले शीर्ष नेताहरुको बैठकले संसद्को आइतबारकै बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको जानकारी दिए । ‘शीर्ष नेताहरुको बैठकबाट एमसीसी टेबल गर्ने सहमति भएको छ, एमसीसी आजैको बैठक टेबल हुन्छ,’ उनले भने ।