बनेपा, विश्वव्यापी रुपमा फैलिरहेको काभिड–१९को नयाँ भेरियन्टको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केहि समय रोकेको सेवा तालिका अनुसार शुरु भएको छ ।
अब जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा स्थानीय तहलाई बार अनुसार प्रवाह हुने छ । काभ्रेका १३ वटा स्थानीय तहलाई कार्यालयले बार अनुसार सेवा प्रवाह गर्ने बारे सूचना मार्फत जानकारी गराएको छ । हिजो माघ २३ गतेबाट लागू हुनेगरी समय तालिका हेरफेर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जारी गरेको सूचनामा उल्लेख छ ।
अबदेखि अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका र रोशी गाउँपालिकालाई आइतबार, बनेपा नगरपालिका र चौंरीदेउराली गाउँपालिकालाई सोमबार, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई मंगलबार, पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकालाई बुधबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकालाई बिहीबार र नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकालाई शुक्रबार सेवा प्रवाह हुने समय तालिका निर्धारण गरिएकोे छ । महाभारत गाउँपालिकाको सेवा प्रवाह भने इलाका प्रशासन कार्यालय देविटारबाट हुनेछ । सेवा ग्राहिले सेवा लिन खोप कार्ड भने देपाउनु पर्ने छ । –नव क्षितिज साप्ताहिकबाट