धुलिखेलमा शुरु भयो नेपाल आईस मेयर कप फुटबल


धुलिखेल, आईतबारबाट आकाश भैरव क्लवको आयोजनामा धुलिखेलमा नेपाल आईस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी र एफसी रिले भक्तपुुर बीच भएको थियो ।

धुलिखेल नगरपालिकाको सहकार्य र धुलिखेलका १२ वटै वडाले विद्यागत पुरस्कार सौजन्य गर्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनु भयो । उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच प्राग्त गर्ने खेलाडीहरुलाई नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराउने श्रेष्ठले बताउनु भयो ।

फुटबल खेलको विकास, ब्यवसायीक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशिल बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनु भयो । प्रतियोगितामा ए डिभिजन, सि डिभिजन क्लवका समेत गरी काठमाडौ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लवहरु २० टिम सहभागि भएको पनि अध्यक्ष चोच्छेले जानकारी दिनुभयो । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्