पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।