बनेपा, हिजोदेखि देशभर सुरु भएको बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजपनि सञ्चालन हुँदैछ त्यसैले आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनुस है ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरिएको हो ।–नव क्षितिज साप्ताहिकबाट








