बनेपा, बनेपामा रहेको पिपुल्स बचत तथा क्रण सहकारी संस्थाको १५ औँ साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ ।

कोभिड–१९ का कारण स्वास्थ्य मापदण्ड पुरा गर्दै गत भाद्र १९ गते साधारण सभाको उद्धाटन जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माबाट भएको साधारणसभा शनिबार सम्पन्न भएको हो । अध्यक्ष निरन शाक्यको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्षमा पवन राज कर्णजीतले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार धिमिरेले सभामा प्रस्तुत गर्नुे भएको थियो । संस्थाको आर्थिक वर्ष २०७७/०७८ को कुल सम्पती २७ करोड २० लाख शेयर पुजी २ करोड ५७ लाख बचत २२ करोड ४० लाख क्रण लगानी २० करोड कुल सदस्य ५५ हजार ८८ रहेका छन ।
त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितिको प्रतिदबेदन संयोजक रजिव श्रेष्ठले, सहकारी शिक्षा तथा समाज कल्याण समितिको प्रतिदबेदन संयोजक द्धारिका गौतमले र महिला तथा बाल बिकाश समितिको प्रतिदबेदन संयोजक मञ्जु कायस्थले प्रस्तुत गर्नु भएको थियो ।

समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु राजन सापकोटा, दिलिप श्रेष्ठ, नवराज केसी, संचालक समिति लेखा समिति र उपसमितिहरुको सहभागितामा रहेको थियो । सदस्यहरुको सेवा सुबिधाको लागी सहकारीले यो बर्ष सेवा केन्द्रहरुमार्फत उपस्थिती गराएको प्रबन्धक नवराज सापकोटाले जानकारी दिनु भयो ।–नव क्षितिज साप्ताहिकबाट