बनेपा, लामो समयको पर्खाईपछि काभ्रेमा आज श्रावण २५ र २६ गते कोरोना विरुद्धको कोभिडसिल्ड खोपको दोस्रो मात्राको खोप लगाइने भएको छ ।
कोभिडसिल्डको दोस्रो मात्राको खोपका लागि जिल्लामा तयारी सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । २०७७ साल फाल्गुण २३ गतेदेखि २९ गतेसम्म पहिलो मात्राको कोभिडसिल्ड लगाएका जेष्ठ नागरिक र विभिन्न मितिमा पहिलो मात्राको कोभिडसिल्डि लगाएर दोस्रो मात्राको खोप लगाउन बाँकी भएका लक्षित समूहहरुलाई श्रावण २५ र २६ गते दोस्रो मात्राको कोभिडसिल्ड खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
खोप लगाउनको लागि सम्बन्धि लक्षित समूहले आ–आफ्नो नगरपालिका÷गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै खोप लगाउन आउने व्यक्तिहरुलाई निम्न कुरामा ध्यान दिन जिल्ला स्वास्थ्य कायालय काभ्रेले आग्रह गरेको छ । १, अनिवार्य खोप कार्ड साथमा लिएर आउनुपर्ने । २, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने । ३, सामाजिक दुरी कायम गर्नुपर्ने । ४, खोप केन्द्रमा भिडभाड नगर्नेलगाएत रहेको छ ।








