facebook sharing button
twitter sharing button
sms sharing button
whatsapp sharing button
sharethis sharing button

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि औजार विरतण गरेको छ नगर प्रमुख लक्ष्मी नरसिंह वादे,उप प्रमुख रेखा सापकोटा दाहाल,वडा अध्यक्ष शिबकुमार थापा,कृषि शाखा प्रमुख मुकुन्द केसि,बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल,प्रशासन प्रमुख जुजुभाई शुद्धाकार, कृषि प्राविधिक कमला हुमागाई, लगायतको उपस्थितिमा वितरण गरिएको छ ।

कृषकहरूलाई हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेशिन ३६२, बिषादि छर्ने मेशिन ३६२, धान झार्ने मेशिन १०६ वटा, शिल पोनिक प्लास्टिक १८ वटा, टनेल प्लाष्टिक ३३४ वटा, सुधारिएको आरनमा आगो फुक्ने मेशिन ८ वटा, पानी तान्ने पम्प ७ वटा वितरण गरिएको  छ ।