
काभ्रेपलान्चोक – दाम्लोले बाँधेर युवालाई कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन । वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनलाई आज जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले वडाध्यक्ष नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।








