बनेपाले बाढ्यो सीप अनुसारको सामग्री


मणिराम दाहाल, बनेपा
बनेपा नगरपालिकाले दलित÷जनजाति समुदायको लागि लक्षित कार्यक्रम अन्तर्गत यो वर्ष सीप अनुसारको सामग्री हस्तान्तरण गरि सम्पन्न भएको छ ।
कार्यक्रममा लक्षित समुदाय अन्तर्गत उन्नत जातका बाख्रा को पाठी÷सिलाइ तथा जुत्ता सिलाउने मेसिन बितरण गरेको छ ।
विगतका कार्यक्रम जस्तै नगरपालिकाका विविध जनता संग सरोकार राखेका कार्यक्रम हरु नगरपालिकाले निरन्तर गर्दै आएको छ ।

नगरपालिकाले आयोजना गरेको सामानहरू हस्तान्तरण गर्ने कार्यक्रममा बनेपा नगरका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप–प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु कार्यपालिका सदस्य लगायतहरुको उपस्थिति थियो ।
नगरपालिकामा यो कार्यक्रम अन्तर्गत १ सय १७ परिवारलाई सीप अनुसारको सामग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ । – नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्