जिल्लामा ६५ प्रतिशत भन्दाबढी सकियो रोपाई


 

 ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाई कुलो लगाई पानी आएर गोडौला’

उद्धृत सापटी लयहरु यतिबेला किसानका गह्राहरुमा फुरी रहेका छन । गृष्म ऋतु अर्थात् असार, अनि वर्षा ऋतु साउन किसानहरुका लागि हेमन्त अर्थात मंसिर ल्याउने पूर्वाधार हो । र पनि यो वर्ष चाडै मनसुन शुरु भै वर्षा भै रहेको भएपनि जिल्लामा रोपाई भने सकिएको छैन ।
काभ्रेमा हिजोसम्ममा ६५ प्रतिशत र सिन्धुपाल्चोकमा ४० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका अधिकृत रामचन्द्र भट्टराईले जानकारी दिनुभएको छ । मुलुकभर अहिलेसम्म लगभग ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर १५ लाख ५२ हजार हेक्टर भूभागमा धान रोपाइँं हुँदै आएको छ । आकासे पानीको भर पर्नु पर्ने कतिपय स्थानमा भने पर्याप्त बर्षा नहुनु तथा सिंचाई सुविधाको समेत अभावमा अझै ५० प्रतिशत भन्दा बढी खेतीयोग्य क्षेत्रमा धान रोपाइँ बाँकी छ ।
जिल्लामा विशेष गरी रोशी क्षेत्र, नालाभेग, पाँचखाल, मण्डनदेउपुर क्षेत्र, बनेपा, पनौती, धुलिखेल क्षेत्रमा धान खेति हुने गरेको छ । एकातिर चैतमा रोपेको धान साउनसम्म भित्र्याउने र त्यही ठाउँमा फेरि धान रोप्ने चलन जिल्लाका केही भागमा छ । जहाँ सिचाईको सुविधा छ । काभ्रे जिल्लामा कुल ११ हजार ३५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको बताएपनि पछिल्लो समयमा जिल्लाको धान खेतीयोग्य जमिनहरुमा बढ्दो सहरीकरणका कारण अब्यवस्थित बस्ति विस्तार, प्लटिङ, उद्योगधन्दा कलकारखानाहरु सञ्चालनमा ल्याउनु र विशेषगरी खेती गर्ने जनशक्ति विदेशीने गरेका कारण धान खेती र उत्पादनमा कमि हुँदै आएको किसानहरु को भनाई छ । यो काममा किसानहरु व्यस्त भइरहँदा गतवर्षहरुजस्तै किसानलाई रासायनिक मल, विउ विजनको सर्टेजको समस्या भने रहिरह्यो ।
यी समस्याका बाजबुद पनि किसानहरु कर्ममा खटिरहेका छन् । मंसिर भित्र्याउने आशामा । विउ विजन र मल खरिद लगायतका विषमा सम्बन्धित पक्षले ध्यान दिएर बेलैमा उपलब्ध गराउने हो भने गतवर्षहरु भन्दा यो वर्ष जिल्लामा धान उत्पादनमा उल्लेख्य वृद्धि हुने किसानहरुले आशा गरेका छन् । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्