चौंरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण


 (माओवादी) केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य तथा विघटीत प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ बमध्वजले काभ्रेको चौंरीदेउराली गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सांसद बमध्वज सोमबार गाउँपालिकाद्वारा सञ्चालित धुसिने सिवालय प्राथमिक अस्पतालमा गाउँपालिका अध्यक्ष दिननाथ गौतम प्रयासलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

बमध्वजको पहलमा स्वास्थ्य विभागबाट उक्त सामग्री चौंरीदेउरालीमा उपलब्ध गराएका थिए ।
सामग्री हस्तान्तरण गर्दै उनले कोरोना महामारी विरुद्धको लडाईंमा आफू जनतासँगै रहेको बताए । ‘कोरोना विरुद्धको लडाईं कुनै दल विशेष, समुदाय विशेष वा कुनै वर्ग विशेषले मात्र लडेर हुँदैन ।
त्यसैगरी गाउँपालिका अध्यक्ष गौतमले गाउँपालिकाका जनता स्वास्थ्य संकटमा परिरहेको बेला स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा गाउँबासी जनताको तर्फबाट सांसद बमध्वजलाई धन्यवाद दिए । आफूहरुले चौंरीदेउरालीमा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई चुस्त दुरुस्त बनाएको बताए ।

आफू कोरोनाको चपेटामा परेका जनताको घरदैलोमा र अस्पताल आइसोलेसनमा पुगेर विरामी जनताको अवस्था दैनिक बुझिरहेको बताउँदै संक्रमण रोकथाम र नियन्त्रणमा उल्लेख्य सुधार भएको अध्यक्ष गौतमले जानकारी दिए ।
हस्तान्तरण गरिएका सामग्रीहरुमा अक्सिजन भरेको सिलिण्डर १० थान, पिपिई १०० थान, एन ९५ मास्क १०० थान, गमबुट २० थान, सर्जिकल मास्क १००० थान, फेस सिल्ड ५० थान, अक्सिमिटर स्पटो चेक ५ थान, एन्टीजेन किट १०० थान, भिटिए कोभिड–१९ १००० थान लगायतका रहेका छन् ।

सो अवसरमा सांसद बमध्वज र अध्यक्ष गौतमले उपचाररत विरामीको अवस्था समेत बुझेका थिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष दिनेश लामा, वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङ, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तेज पन्त, अस्पतालको इन्चार्ज राजु चौंलागाईं, प्रभा एल्मुनाईका सचिव गोकुल गौतम, पत्रकार कुमार चौंलागाईं, औषधि व्यवसायी लिलानाथ गौतम, खडानन्द चौंलागाईं लगायतका सहभागी थिए ।
यसैबीच कात्तिके देउरालीका एन्टी कोभिड भोलेन्टर ग्रुपलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरु औषधी व्यापारी तथा स्थानीय लिलानाथ चौंलागाईं र खडानन्द चौंलागाईंले हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण गरिएको सामग्रीहरुमा मास्क २५ सय, १५ लिटर सेनीटाइजर, एक वक्स साबुन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्