माओवादी केन्द्र नगर समितिद्धारा राहत वितरण


काभ्रे: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनेपा नगर समिति कोरोना महामारीको निषेधाज्ञाका कारण समस्यामा परेका श्रमिक, अपांग, जेष्ठ नागरिक, ज्यालादारी गरेर परिवार पाल्दै आएका मजदुर लगायतको सारथि बनेका छन् । माओवादी केन्द्र नगर समितिले उनीहरुलाई दाल, चामल, तेल, नुन, साबुन लगायतका सामाग्री राहतस्वरुप वितरण गरिएको हो ।

माओवादी केन्द्रका जिल्ला सदस्य भोला प्रसाद अर्यालले रोगले भन्दा पनि खाद्यन्न अभावले हातमुख जोड्न समस्यामा परेकाहरुको पहिचान गरि राहत वितरण गरिएको जानकारी दिए । ‘जसलाई समस्या छ सम्पर्क गरौँ हामी घरमै पुर्‍याउन आउनेछौँं । तर वास्तविक पीडित छुट्नु हुँदैन,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञासँगै बनेपा नगरपालिकाले नगरक्षेत्र सिल गरेपछि कारण धेरै समस्यामा परेकाहरुको पहिचान गरी राहत वितरण गरिएको हो ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर कमिटी इन्चार्ज राजन अधिकारीले कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको बन्दाका कारण दैनिक छाक टार्नसमेत समेत धौ–धौ भएका २५ भन्दा बढी परिवारलाई राहत वितरण गरिएको बताए ।

शहरी क्षेत्रमा दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरु मध्ये विशेष गरी नगर क्षेत्र शिल गरेपछि कोठामा खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएका हुन् । सो अभियानमा सामान ढुवानीका लागि यातायातको ब्यवस्थापन आर.पि.फर्निचरका सञ्चालक पुरुषोत्तम नेपालले गरेका थिए । कोरोना कहरका कारण मजदुरहरुको पेशा नै संकटमा परेको छ भने परिवार पाल्न समेत समस्या झेल्दै आएका छन् । यसअघि ट्रेड युनियन नगरसमितीले पनि राहत वितरण गरेको थियो ।

राहत वितरणमा जिल्ला कमिटी सदस्यहरु कल्पना लामा, उषा अर्याल समाजसेवी तथा नेता पर्शुराम दाहाल, ट्रेड युनियन महासंघ बनेपा नगर संयोजक मिनराक केसी लगायतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्