बनेपा, नेपाल नगरपालिका संघले अन्तराष्ट्रिय नगरपालिकालाई खोप सहयोगका लागि पत्र पठाएको छ । संघका अध्यक्ष अशोक कुमार ब्याञ्जुले पत्र लेखेर विभिन्न देशका विभिन्न नगरपालिकासँग खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अनुरोध गरेको जनाएका हुन ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले खोपका लागि अन्तराष्ट्रिय सहयोगका लागि अनुरोध गरिरहेका बेला नगरपालिका संघले पनि आफ्ना अन्तराष्ट्रिय साझेदारहरुसँग नेपालका लागि खोप र स्वास्थ्य सामग्री सहयोगका लागि पत्राचार गरेको अध्यक्ष ब्याञ्जुले बताए । उनले भने, ‘हामीले जसरी पनि नगरवासीलाई खोप दिनु पर्छ । हरेक नगरपालिकामा बस्ने नागरिकको स्वास्थ्यको जिम्मेवारी नगर सरकारको हुन्छ । त्यसैले यो पहल गरेका हौं ।’
संघका अध्यक्ष ब्याञ्जुका अनुसार बेलायत, क्यानडा, नेदरल्याण्ड, जर्मनीका नगरपालिका संघहरु, इयू, यूएसए, स्वीसलगायत राजदूतावाससँग खोपका लागि पत्र पठाईएको हो ।–नव क्षितिज साप्ताहिक बाट








