समपूरक बजेटमा मण्डनदेउपुरकोे बेवास्ताले सडकको दूरावस्था-होम चौंलागाँईं


विकासको पूर्वाधारको रुपमा सडकलाई पहिलो गिन्तीमा राख्ने गरिन्छ । देशभरी बनिरहेको सडक र पुलपुलेशाको कुरा गर्ने हो भने यो समय स्वर्णिम युगको रुपमा देखिन थालेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गयो त्यहिं सडक र पुलपुलेसा निर्माणको काम भैरहेको छ ।
यसै सन्दर्भमा काभ्रेमापनि विकास र पूनर निर्माणले युद्धस्तरको गति लिएको छ । चाहे त्यो विद्यालय भवनको पुनर निर्माण होस् वा सडक पूर्वाधार नै । क्याबिनेट तहको पहूँचवाल माननीय काभ्रेले पाएसङ्गै काभ्रेको विकासले फड्को मार्न थालेको हो । हिजोका दिनमा थुप्रै जनप्रतिनिधिहरु माननीयको रुपमा निर्वाचित भएपनि केन्द्रको पहूँच र क्याबिनेट तहको निर्णयमा काभ्रे पर्न नसकेको कुरा सबैमा बिदितै विषय हो । काभ्रे क्षेत्र नं. २ मा एमालेका प्रभावशाली युवा नेता गोकुल बास्कोटाको बिजयसङ्गै सिंगो काभ्रेमा विकासको युद्धस्तरको गति प्रारम्भ भएको हो । चाहे त्यो विभिन्न पालिकाका वृहत खानेपानी योजना हुन्, अर्थात काभ्रेभरी संचालित विद्यालय, सडक, पुलपुलेसा, शहरी पूर्वाधार, स्मार्ट सिटी लगायत सयौंको संख्यामा संचालित विकास योजनाहरु ।
त्यस भित्र पर्ने एउटा महत्वपूर्ण विकासे पूर्वाधारको रुपमा कुनतावेसी–नयाँगाउँ नगरकोट सडक पनि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने एउटा असाध्यै छोटो र महत्वपूर्ण सडकमा पर्दछ । बनिरहेको मध्य पहाडी लोकमार्ग र अरनिको राजर्मागको बैकल्पिक सडकके रुपमा समेत चिनिने उक्त सडक क्षेत्रकै महत्वपू्र्ण सडक समेत हो । त्यसै कुरालाई ध्यानमा राखी २ वर्ष अघिदेखिनै उक्त सडकको स्तरोन्नतीको काम प्रारम्भ भएको हो ।
कुन्तावेसीदेखि नगरकोटसम्मको सडकको स्तरोन्नी अन्तर्गत उक्त सडकको कटिङ, ड्रेन, नाली, पर्खाल, कलबट लगायतका कामको प्रारम्भ भएको हो । त्यसबेला पूनरनिर्माण प्राधिकरण कार्यालय धुलिखेल मार्फत ए.डी.बी.को लगानीमा उक्त काम प्रारम्भ भएकोमा स्थानीय सरकार भनेर चिनिने मण्डनदेउपुर नगरपालिकाको लापरबाही र पुनर निर्माण प्राधिकरणसंगको मिलेमतोका कारण सडकको हाल बेहाल स्थिति बन्न पुगेको हो ।
त्यतिबेलाको नाली, ड्रेन, पर्खाल, कलबट र सब–बेस लगायतको काम प्रभावकारी र मापदण्ड अनुरुप हुन नसक्दा नसक्दै मुकदर्शक भएर नगरले पाश गर्दा हाल सडकमा विभिन्न समस्या आइरहेको हो ।
त्यतिबेला ठेकेदार कम्पनीले सडक हस्तान्तरण गरेपछि दुई शीर्षकमा सडक कालो पत्रे गर्नका लागि संघ र नगरपालिका तथा प्रदेश र नगरपालिका गरी दुई समपूरक बजेट मार्फत काम गर्ने गरी बजेटको बिनियोजन भएको हो ।
जस अनुसार कालो पत्रे भएको सडक ७ करोड २० लाखमा भगवती देव एण्ड शयर एण्ड जे.भी. ले सम्पन्न गरेको हो भने अल पत्र रहेको दुई ओटा खण्ड थोकर निभा लयुल एण्ड जे.भी. ले १ करोड २० लाख मा काम गर्ने गरी ठेक्का टेण्डर पारेको थियो ।
जस अन्र्तगत बिचको खण्ड अर्थात धाइटार–नौलाडाँडा सडक खण्डको कालोपत्रे गर्ने काम ठेक्का अवधि भन्दा पहिलै सम्पन्न भएको हो । जुन संघ र मण्डनदेउपुर नगरपालिकाको समपूरक बजेट बाट सम्पन्न भएको थियो । त्यसै समयमा एकै पटक ठेक्का भएको कुन्तावेसी–धाइटार र नगरकोटबाट तलको झण्डै १ किलोमिटर सडक समय गुज्रँदा समेत बेहाल स्थितिमा छ । जुन मण्डनदेउपुर नरगपालिका र वागमती प्रदेशको समपूरक बजेटबाट ठेक्का भएको सडक खण्ड हो ।


हाल चर्चामा रहेको कालोपत्रे भासिएको र सिमेन्टले टालेको सडक नगरपालिकालाई बुझाएपनि अझै १ वर्ष त्यसै ठेकेदार कम्पनीले हेर्ने भएकोले उक्त सडकबाट पानी नछिरोस् भनी उक्त काम भएको बताइएको छ । कोभिडका कारण केहि समय मर्मतमा ढिलाई हुन पुगेपनि छिट्टै प्रभावकारी मर्मत गरिने भनेरे नगरपालिकामा बताईएको नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताएका छन् ।
कुरा के हो भने २ ओटा ठेकेदार कम्पनी मार्फत काम प्रारम्भ भएकोमा एउटाले काम सकेर नगरपालिकालाई बुझाएकोमा ऊ बेलाको सब–बेसमा भएको लापरबाहीका कारण केहि केहि समस्या आएको र त्योपनि छिट्टै मर्मत सुधार गरिने प्रतिवद्धता भएको छ भने अर्को ठेकेदार कम्पनी मार्फ भएको कुन्तावेसी–धाइटार र नगरकोटको १ कि.मी. गरी २ खण्ड सडक म्याद गुज्रँदा समेत कालो पत्रेको कामै नभएको कुरा र्चािह महत्वपूर्ण कुरा हो । जुन नगरपालिका र प्रदेश सरकारको समपूरक बजेटबाट हुन लागेको थियो ।
कामै नभएको सडकको विषमा भन्दा काम भएर थोरबहूत त्रूटी त्योपनि यस पटकको ठेकेदार कम्पनीले गरेको भन्दा पनि अघिल्लो पटक पूनर निर्माण प्राधिकरणले गरेको सब–बेस लगायतको कामका कारण भएकोमा ध्यान नपूगी विषयको डाइभर्ट हुन पुग्दा थप समस्या भएको हो ।


स्थानीय सबैलाई थाहा भएको विषयपनि हो कि कुन्तावेसी–नगरकोट सडक जुन पुनर निर्माण प्राधिकरण मार्फत ए.डी.बी.को बजेटले काम भएको बेला नगरपालिकाका उप–प्रमुख निर्मला शाहीले स्थलगत अनुगमन गर्ने क्रममा हातले कोट्याउँदा र खुट्टाले लत्याउँदा भत्किएको नाली र कलबटको कामलाई नगरपालिका मार्फत आँखा चिम्लेर पाश गर्नु नै हालको सडकको दूरावस्था हो भनेर सजिलै भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्