काभ्रेकाे भुम्लु गाउँपालिका ‘लकडाउन’

काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा पनि भाइरसको संक्रमण बढेसँगै अनिश्चितकालको लागि ‘लकडाउन’ घोषणा गरेको छ । बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराज अर्यालले एक सूचना जारी गर्दै ‘लकडाउन’को घोषणा गरेका हुन् ।

विश्वभर नै फैलिएको कोभिड १९ महामारीको दोस्रो लहरका कारण गाउँपालिका पनि प्रभावित भएको र पालिकाका स्वास्थ्यकर्मी, वडाका कर्माचारी लगायत गाउँपालिका क्षेत्रभित्रका सबै वडाहरूमा पनि कोरोना सङ्क्रमितहरू भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्य नजर गरी संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

सुचनामा औषधि पसल बाहेका सबै खाले पसल होटलहरु बन्द गर्न भनिएको छ । यस्तै खाद्यान्न पसल भने विहान ७ बजे देखि ९ बजेसम्म खोल्न दिने निणर्य गरेको छ । temal online बाट

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया