बढि भाडा लिने चालक काभ्रे प्रहरीको नियन्त्रणमा


काभ्रे – सामान्यतया, काठमाडौं बाट जनकपुरसम्मको भाडा दर बढीमा आठ सय रुपियाँ पर्छ । तर बिहीबार साँझ काठमाडौैबाट जनकपुर जाँदै गरेको बा४ख ८१८७ नम्बरको माइक्रोबसले प्रति यात्रु पाँच हजार रुपियाँसम्म भाडा लिएको विशेष सूचना आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त चेकजाँच गर्ने क्रममा बा ४ ख ८१८७ माइक्रोलाई प्रहरीले होल्ड गरेको छ ।
विभिन्न देशहरुबाट आएका १५ जना यात्रुहरुसँग प्रतियात्रु पाँच हजार रुपियाँ लिएको प्रमाण भेटिएपछि प्रहरीले सो माइक्रोलाई होल्ड गरेको हो । प्रहरीले सबै जनाको राहदानी तथा पिसिआर रिर्पाेटको चेकजाँच गरेको छ । गाडी र चालक होल्डमा राखेको छ भने अर्काे सवारी साधनको खोजि गरिरहेको छ । अहिले गाडी र यात्रुहरु प्रहरी निगरानीमा साँगामा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्