काभ्रेमा २२ जना संक्रमणमुक्त, १ सय ६५ जना थप संक्रमित


काभ्रे जिल्लामा आज थप १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बनेपा नगरपालिकाबाट २० जना महिला र ४४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १४ जना महिला र १८ जना पुरुष, पनौती नगरपालिकाबाट ३३ जना महिला र १० जना पुरुष, पाँचखाल नगरपालिकाबाट ४ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र ५ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ जना महिला र १ जना पुरुष र रोशी गाउँपालिकाबाट २ जना महिला र ४ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ४३ सय ९२ पुगेको छ । कार्यालयका अनुसार काभ्रेमा अहिले ९ सय १० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ सय ७८ जना होम आईसोलेसनमा र ३२ जना अस्पताल आईसोलेसनमा उपचाररत रहेका छन् । त्यस्तै जिल्लामा आज २२ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा. झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्