संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । अहिले पनि काठमाडौं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितको फेला पर्ने क्रम जारी छ। मन्त्रालयका अनुसार सो अवधिमा थप ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो। सरकारको तथ्याङ्कअनुसार बिहीवार अपराह्णसम्म देशभरि ७२,५६१ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। सो सङ्क्रमित सङ्ख्या कुल २१,१४२ जनाको परीक्षण गर्दा पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्