प्रेस चौतारी नेपाललाई उग्रतिर्थ र सुन्दरबस्ती सहकारीको आर्थिक सहयोग


धुलिखेल २० बैशाख विश्व प्रेस स्वतन्त्र दिवसको अवसर पारेर उग्रतिर्थ र सुन्दरबस्ती सहकारीले प्रेस चौतारी नेपाल काभ्रेलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
प्रेस चौतारी नेपालले स्थापना गरेको कोभिड १९ कोरोना भाईरस संक्रमण मुक्त कोषलाई विस हजार रुपैया सहयोग रकम हस्तानतरण गरेको हो ।
उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा काभ्रेका अध्यक्ष मोहन गजुरेलले १० हजार रुपैया र सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिं. पनौती काभ्रेका प्रवन्ध निर्देशक रोशन चौलागाईले १० हजार रुपैया सहयोग रकम प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी र कोषाध्यक्ष लक्ष्मण तिमल्सीनालाई हस्तान्तरण गर्नुभएको हो ।
प्रेस चौतारी नेपाल काभ्रेले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रिर्पोटिङमा खटिने संगठनका सदस्यहरुलाई सहयोगका लागि २ लाख बराबरको अक्षयकोष स्थापना गरिएको अध्यक्ष भुवन रायमाझीले बताउनु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा काभ्रेका सचिव शान्तमणि रिजालले सहकारी समुदाय सहयोग कार्यक्रम अन्तरगत रहेर कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारहरुलाई सहयोग गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्