Breaking news ; काभ्रे जिल्लामा भोलि देखी लकडाउन (के के खुल्छ के खुल्दै हेर्नुस् विवरण)


अन्तत: कोभिडको संक्रमण बढे संगै जिल्ला प्रशाशन कार्यालय काभ्रेले १९ गते आइतबार राती १२ बजेदेखि बैशाख २६ गते राती १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञाको आदेश जारी गरेको छ : २०७८ वैशाख १९ गते आइतबार राती १२ बजेबाट 
क्षेत्रहरुः
— अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सदरमुकाम, पाँचखाल बजारक्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मीटर क्षेत्रमा ।
–बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ बायाँ ५०० मीटर ।
— बनेपा–पनौती–खोपासी सडकको दायाँ बायाँ ५०० मीटर ।
–बिपी राजमार्गको धुलिखेलचोक, काभ्रेभन्ज्याङ–भकुण्डेवेंशी हुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ २०० मीटरसम्मको क्षेत्र ।
–पाँचखाल जिरो किलो–हेलम्बु राजमार्गको कुन्तावेंशीसम्म सडकको दायाँ बायाँ २०० मीटर क्षेत्र ।

प्रतिक्रिया दिनुहोस्