कोरोनाबाट २४ घण्टामा १६ को मृत्यु, संक्रमितको संख्या ३ लाख नाघ्यो


 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्‍न जिल्ला गरी १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तर सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ जना कोरोना संक्रमित थपिएका छन् भने काठमाडौंमा उपत्यकामा १४ सय ९८ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमतिको संख्या ३ लाख ११९ पुगेको छ ।

यस्तै २४ घण्टामा ४५० कोरोना निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्