एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण, ११२ बालबालिका


बनेपा, केहि समय कमि आएको कोरोना संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ११२ बालबालिका रहेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यो मध्ये हिजो एकैदिन ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्